Tuesday, March 19, 2024
Homeराष्ट्रीयसीके राउतले संसदीय मर्यादाविपरीत संसदमा मौनधारण गर्न लगाए : राजेन्द्र लिङ्देन

सीके राउतले संसदीय मर्यादाविपरीत संसदमा मौनधारण गर्न लगाए : राजेन्द्र लिङ्देन

काठमाडौँ  । उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय मर्यादाविपरीत संसदमा आफैंले सहीदहरुको सम्मान भन्दै मौनधारण गर्न लगाएको बताएका छन्।

मधेसका सहीदहरुप्रति सरकार र संसदले सम्मान नगरेको भन्दै गत माघ ५ गते बसेको प्रतिनिधिसभा बैठकमा जनमत पार्टीका अध्यक्ष राउतले मौन धारण गर्न लगाएका थिए। त्यो काम संसदीय मर्यादा र नियमविपरीत भएकाले प्रधानमन्त्री पुष्पकमल दाहालसहित आफूहरुले मौनधारण गर्ने काममा सहभागी नभएको पनि उपप्रधानमन्त्री लिङ्देनले स्पष्ट पारे।

उनले विशेष परिस्थितिमा सभामुखले गरेको रुलिङलाई मात्रै संसदमा मान्नुपर्ने परिपाटी रहेको पनि उल्लेख गरे।  लिङ्देनले आफूहरुले सो क्रममा सहीदहरुलाई अनादर गरेको भनेर भ्रममा नपर्न पनि सबैलाई आह्वान गरे।

उनले भने, ‘माघ ५ गते बैठक थियो, त्यहाँ मधेस आन्दोलनमा सहादत प्राप्त गर्ने अथवा मधेसका सहीदहरुप्रति सम्मान गर्ने जुन विषय उठेको थियो, यहाँ उठ्ने र नउठ्नेको विषय बाहिर प्रचारमा आइरहेको छ। सम्माननीय प्रधानमन्त्री अगाडि हुनुहुन्थ्यो। उहाँको उपप्रधानमन्त्री म थिएँ। हामी उठेनौँ। सहीदहरुप्रति हाम्रो सम्मान छैन भन्ने अर्थमा प्रचार गरिराखिएको छ। तर संसदको एउटा मर्यादा हुन्छ। , रुलिङ सभामुखको चल्छ।’

 

window.fbAsyncInit = function() {
FB.init({
appId : ‘771486886283999’,
xfbml : true,
version : ‘v2.4’
});
};

(function(d, s, id){
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {return;}
js = d.createElement(s); js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments