काठमाडौं । सभामुख देवराज घिमिरेले रवि लामिछानेको सांसद पद खारेज भएको सूचना जानकारी गराएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख घिमिरेले सर्वोच्च अदालतको संवैधानिक इजलासको उत्प्रेषणको आदेशले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेको, निर्वाचित भएको र प्रमाणपत्र पाएको लगायतका काम बदर गरेको पत्र प्राप्त भएको जानकारी गराएका हुन्
सर्वोच्चले माघ १५ गते प्रतिनिधिसभालाई रवि लामिछानेको पदसम्बन्धी मुद्दाको विषयमा भएको फैसलाको जानकारी गराएको थियो । युवराज पौडेल तथा अधिवक्ता रविराज बसौला र नानीबाबु खत्री रिट निवेदक रहेको निवेदनमा संवैधानिक इजलासले लामिछाने सांसदका लागि अयोग्य भएको फैसला गरेको थियो ।
सर्वोच्चको आदेशसँगै लामिछानेको पद रिक्त भएपछि चितवन निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्नुपर्ने हुन्छ ।
window.fbAsyncInit = function() {
FB.init({
appId : ‘771486886283999’,
xfbml : true,
version : ‘v2.4’
});
};
(function(d, s, id){
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {return;}
js = d.createElement(s); js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));