काठमाडौं । चुनावको खर्च विवरण नबुझाउने स्थानीय तहका जनप्रतिनिधि र उम्मेदवारको जरिवाना मिनाह भएको छ ।
सरकारले गरेको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवि भण्डारीले जरिवाना मिनाह गरिदिएकी हुन् । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, बरान उपमहानगरपालिकाका मेयर हर्क राईसहित १ लाख २३ हजार बढिलाई जरिवाना तोकेको थियो ।
फागुन मसान्तसम्मको समय दिएर आयोगले जरिवाना तिर्न ताकेता गर्दै आएको थियो । तर शाहसहितका उम्मेदवाहरुले रकम तिरेका छैनन् । काठमाडौंका मेयर शाहले जरिवाना मिनाह गर्न माग गर्दै सर्वोच्चमा समेत रिट दायर गरेका थिए ।
