Saturday, April 27, 2024
Homeराष्ट्रीयरवि लामिछानेविरुद्धको रिट न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा

रवि लामिछानेविरुद्धको रिट न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई राहदानी दुरुपयोग कसुरमा कारबाही गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता मुद्दा हरिप्रसाद फुँयाल एकल इजलासमा पेसी तोकिएको छ।

यसअघि मंगलबार पनि पेसी तोकिएको थियो। तर न्यायाधीश अनिलकुमार सिन्हाले यो मुद्दा हेर्न नमिल्ने भन्दै सुनुवाइ नगरेपछि आजलाई पेसी सरेको हो।

सुनुवाइ सुरु गर्न लाग्दा सिन्हाले यसअघि संवैधानिक इजलासमा रहेर आफूले रविको मुद्दा हेरेकाले अन्य न्यायाधीशकहाँ पेसी तोक्न आदेश दिएका थिए।

न्यायाधीश फुँयाल यसअघि नागरिकता मुद्दाको सुनुवाइमा संलग्न थिएनन्। युवराज पौडैल ‘सफल’ले आइतबार सर्वोच्चमा दायर गरेको रिट सोमबार दर्ता भएको हो।

रिटमा उत्प्रेषण, परमादेश लगायत जे–जो चाहिने उपयुक्त आज्ञा आदेश जारी गरी पाऊँ भनी माग गरिएको थियो। रविविरुद्ध यसअघि प्रहरीले यही कसुरमा अनुसन्धान गरेको थियो।

यसअघि राहदानी दुरुपयोसम्बन्धी मुद्दा प्रहरी र सरकारी वकिल कार्यालयले नचलाउने निर्णय गरेका थिए।

मुद्दा नचलाउने निर्णयविरुद्ध सफलले महान्यायाधिवक्ताको कार्यालयलाईसमेत विपक्षी बनाएर रिट हालेका थिए।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments