Saturday, April 20, 2024
Homeराष्ट्रीयरवि लामिछानेले चुनाव हार्छन्: महेश बस्नेत

रवि लामिछानेले चुनाव हार्छन्: महेश बस्नेत

काठमाडौं – नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले निर्वाचन हार्ने दावी गर्नुभएको छ ।

लामिछानेको नक्कली राष्ट्रवाद, अवसरवाद बुझेकाले चितवन क्षेत्र नम्बर २ का जनताले रवि लामिछाने हराउने नेता बस्नेतको बताउनु भयो ।

शनिबार काठमाडाैंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले लामिछानेले मयुरको प्वाँख धारण गरेर जनतालाई झुक्याउने काम गरेको र चितवनका जनताले त्यो कुरा बुझिसकेको पनि बताउनु भयो ।

नेता बस्नेतले युवा र लोकप्रिय भएकाले सो निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवार रामप्रसाद न्यौपानेले चुनाव जित्ने बताउनु भयो। उहाँले भन्नुभयो, ‘चितवन २ का जनताले यो नक्कली राष्ट्रवाद, यो अवसरवादी चरित्र, यो पब्लिक कम्जवसन्शनका लागि गरिने कुराहरुबाट चितवन २ मुक्त हुुन्छ। त्यहाँ नेकपा एमाले र काँग्रेसबीच प्रतिस्पर्धा हुुन्छ । रविजी त्यसलाई पछ्याउनु हुन्छ। हिजो कृष्णभक्त पोखरेलले राम्रो काम गरेको हुनाले र आज रामप्रसाद न्यौपाने एउटा नयाँ युवाहरुको बीचमा पपुलर व्यक्ति हामीले उठाएका छौं।’

चितवन–२ मा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा उहाँले जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘युवाहरुलाई राजनीतिमा ल्याउनु पर्छ भन्ने मान्यता पनि छ। उहाँले सम्भावना निकै बलियो छ। कमजोर छैन भन्ने मलाई लाग्दछ। चितवनका जनताले रविजीलाई जिताउदैनन्।’

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments