Thursday, April 25, 2024
Homeअन्तराष्ट्रीयखाडीका कम्पनीले बोलाउन थाले नेपाली श्रमिकलाई

खाडीका कम्पनीले बोलाउन थाले नेपाली श्रमिकलाई

खाडीका देशका कम्पनीले विदामा घर आएका नेपाली श्रमिकलाई बोलाउन थालेका छन् । ६ महिनासम्म सुनसान रहेको वैदेशिक रोजगार विभागबाट अहिले दैनिक करिब तीन सय श्रमिकले श्रम स्वीकृति नवीकरण गराइरहेका छन् ।

नेपाली युवाको मुख्य श्रम गन्तव्य खाडी मुलुक हुन् । तर कोरोना महामारीले त्यहाँको रोजगारी पनि प्रभावित भयो । जसका कारण त्यहाँ कार्यरत नेपाली युवामध्ये कतिपयले रोजगारी गुमाए । कतिपय विदा लिएर स्वदेश फर्किए भने कतिपय नफर्किने गरी आए । खाडी मुलकबाट मात्र ६० हजारभन्दा बढी युवा फर्किसकेका छन् । विदामा फर्किएका श्रमिकलाई खाडीका रोजगारदाता कम्पनीले बोलाउन थालेका छन् । संक्रमण दर कम भएकाले रोजगारदाता कम्पनीले श्रमिकलाई काममा बोलाएका हुन् । वैदेशिक रोजगार विभागबाट अहिले दैनिक अढाइ सेयदेखि तीन सय श्रमिकले पुन श्रम स्वीकृति गराइरहेका छन् । खासगरी मलेसिया तथा खाडीका युएई, कतार र साउदी अरेवियाबाट फर्किएका श्रमिकले श्रम स्वीकृति नवीकरण गराएका छन् । जापान सरकारले पनि प्रशिक्षणका लागि लिने श्रमिकका लागि पनि विभागमा मागपत्र पेश हुन थालेको छ ।

विभागका अनुसार साउनयता ६ हजार ३ सयभन्दा बढी श्रमिकले श्रम स्वीकृति नवीकरण गराएका छन् । रोजगारीको नयाँ माग भने आएको छैन । म्यानपावर कम्पनीले ६० जनाको मात्र श्रम स्वीकृति गराएका छन् ।

बहराइन र ओमनले कोरोना भाइरस संक्रमण नभएका श्रमिकलाई लिने बताइसकेका छन् । इजरायलसँग बुधबार श्रम समझदारी गर्ने तयारी छ । यस्तै भाषा परीक्षा पास गरेका युवालाई असोज तेस्रो सातादेखि पठाउने योजना छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments