Saturday, April 20, 2024
Homeराष्ट्रीयकोरोनाबाट थप एकजनाको मृत्यु, ८२ संक्रमित थपिए

कोरोनाबाट थप एकजनाको मृत्यु, ८२ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ हजार २८ पुगेको छ ।

आज देशभर ८२ जना कोरोना संक्रमित थपिएका छन् । एकहजार ६३४ वटा नमुना परीक्षण गर्दा ८२ जनामा संक्रमण पुष्टि भएको हो ।

आजसम्म २९ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये पाँचजना आईसीयू र एकजना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज ६५ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ३६१ पुगेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments