Thursday, March 28, 2024
Homeकोरोना भाईरसकाठमाडौका कोभिड अस्पतालका आईसीयु र भेन्टिलेटर भरिभराउ

काठमाडौका कोभिड अस्पतालका आईसीयु र भेन्टिलेटर भरिभराउ

कोभिडको जोखिम कम भएको निष्कर्षमा सरकारले भिडभाड गर्न छुट दिएको छ । सवारीसाधन सञ्चालनमा यसअघि रहेको निषेध हटाइएको छ भने बजारमा सामान्य अवस्थामा जस्तै भिड बढेको छ । तर गम्भीर खालका बिरामीको संख्याले जोखिम घटेको देखाउँदैन । चिकित्सक भन्छन्, जोखिम घटेको रुपमा बुझ्नु गम्भीर गल्ती हुनेछ ।

काठमाडौं उपत्यकामा सवारीसाधन सञ्चालनमा मंगलबारदेखि कुनै वाधा व्यवधान छैन । जोरबिजोर प्रणाली हटाइएको छ भने सबै सार्वजनिक यातायात चलाउन दिइएको छ । यस्तै बजारमा भिडभाड हुन दिइएको एक साता नाघिसक्यो । यी दृष्य देख्दा लाग्छ, कोभिडको जोखिम हटिसक्यो ।

तर होइन, जोखिम दिन प्रतिदिन बढिरहेको छ । मंगलबार मात्र परीक्षण गरिएकामध्ये २३ प्रतिशतमा कोभिड देखियो । उपत्यकाका कोभिड अस्पताल अहिले पनि गम्भीर प्रकृतिका बिरामीले भरिभराउ छन् । त्रिवि शिक्षण अस्पतालमा कोभिडका बिरामीका लागि छुट्याइएका ३० आइसीयु शय्यामध्ये एउटै खाली छैनन् । त्यहाँ भेन्टिलेटरमा १४ बिरामी छन् । यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २४ आईसीयु शय्यामध्ये २२ वटा तथा २२ भेन्टिलेटर शय्यामध्ये १७ वटामा बिरामी छन् ।

विभिन्न अस्पतालमा अहिले पनि कोभिडका साढे सात सय बिरामी छन् । कोभिड परीक्षण नगराएका तर श्वास फेर्न गाह्रो भो भनेर अस्पताल आउने बिरामीलाई सुरुमै आईसीयु र भेन्टिलेटरमा राख्नुपरिरहेको छ ।

जनजीवन सामान्य जस्तै हुन थालेकामा चिकित्सकहरुले भने भयावह अवस्थाको आकलन गर्न थालिसकेका छन् । संक्रमणदर २० प्रतिशत माथि नै रहेको तथा आइसीयु र भेन्टिलेटर बिरामीले भरिएका बेला सबै व्यवसाय सामान्य अवस्थामा जसरी चलाउन दिइएपछि चिकित्सकले दोस्रो लहरमा भन्दा पनि भयावह अवस्था निम्तिन सक्ने आकलन गरेका हुन् ।

कोभिडका कारण ९ हजार २ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । खोपको प्रबन्धविनै भिडभाड गर्न छुट दिनुलाई संक्रामक रोग विशेषज्ञहरुले जोखिमलाई निम्तो भनेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments