Thursday, April 25, 2024
Homeराष्ट्रीयहिंसामा ५४ को मृत्यु

हिंसामा ५४ को मृत्यु

काठमाडौं । भारत, मणिपुरमा गृहयुद्धको वातावरण बनेको छ । मणिपुर हिंसामा मृत्यु हुनेको संख्या ५४ पुगेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार यी तथ्याङ्क सरकारी हुन् तर वास्तविक मृत्युको संख्या योभन्दा बढी हुन सक्छ ।

शनिबार इम्फाल उपत्यकामा जनजीवन पुन: लयमा फर्किएजस्तो देखिन्छ, पसल र बजार खुलेका छन् भने सडकमा सवारीसाधनहरू पनि देखिएका छन् । तर सबै प्रमुख सडक र स्थानहरूमा द्रुत कार्य बल र केन्द्रीय प्रहरी बलहरूको बाक्लो उपस्थिति छ ।

अधिकारीहरुका अनुसार मृत्यु भएका ५४ जना मध्ये १६ जनाको शव चुराचन्दपुर जिल्लाको अस्पतालको शवगृहमा राखिएको छ । अन्य १५ जनाको शव इम्फाल पूर्व जिल्लाको जवाहरलाल नेहरु चिकित्सा विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

इम्फाल पश्चिमको क्षेत्रीय चिकित्सा विज्ञान संस्थान अस्पतालमा २३ शव राखिएको बीबीसीले जानकारी दियो । चुराचन्दपुर जिल्लामा शुक्रबार राति भएको दुई छुट्टाछुट्टै भिडन्तमा भारतीय रिजर्भ बटालियनका दुई सैनिक घाइते भए भने पाँच अतिवादीको मृत्यु भएको थियो ।

रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार हिंसा प्रभावित क्षेत्रबाट अहिलेसम्म १३ हजार मानिसलाई सुरक्षित स्थानमा लगिएको छ । तीमध्ये केही सेनाको शिविरमा पनि छन् । चुराचन्दपुर, मोरे, काक्चिङ र काङपोकपी जिल्लाको अवस्था नियन्त्रणमा आएको सेनाले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments