Tuesday, April 16, 2024
Homeराष्ट्रीयप्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरौं: वामदेव गौतम

प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरौं: वामदेव गौतम

काठमाडौं – राष्ट्रियसभा सदस्य वामदेव गौतमले संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रबन्ध गर्नै माग गर्नुभएको छ।

राष्ट्रियसभाको आजको बैठकमा उहाँले शासकीय प्रणाली र निर्वाचन प्रणालीमा सुधार नगर्दासम्म कुनै पनि परिवर्तन हुन नसक्ने बताउनुभयो । सांसद गौतमले कृषि क्षेत्रको आमूल परिवर्तन नभइकन देशको आर्थिक परिवर्तन र सुधार हुन नसक्ने भएकाले त्यसमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो।

बलिदान र त्यागबाट राजनीतिक व्यवस्था परिवर्तन भए पनि खास अर्थमा आर्थिक, सामाजिक अवस्थामा कुनै सुधार नभएकाले त्यसमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments