Thursday, April 25, 2024
Homeराष्ट्रीयभुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन हाेस् : नेविसंघ - Sankalpa Khabar

भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन हाेस् : नेविसंघ – Sankalpa Khabar

काठमाडौं।नेपाल विद्यार्थी संघले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानविनकाे माग गरेकाे छ । आज अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै छननविन टुंगोमा पुर्याउन सरकारकाे ध्यानाकर्षण गराएका छन् ।

यस्ताे छ विज्ञप्ति –

नेपाल विद्यार्थी संघ विधिकाे शासन र सुशासनको पक्षमा अनवरत लड्दै आएकाे संगठन हाे । दाेषी नछुटुन्, निर्दाेष नफसुन् भन्ने प्राकृतिक न्यायकाे सिद्धान्त हाे । यसप्रती हाम्राे बलियाे विश्वास छ ।

अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेससहितकाे सरकारले अघि बढाएकाे अनुसन्धान प्रक्रियाले आशाकाे सञ्चार गरेकाे छ । अनुसन्धानमा सघाउनु सबैकाे कर्तव्य हाे । कुनै पनि दबाब र प्रभावमा अनुसन्धान प्रभावित नहाेस् । नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिन र अनुसन्धान टुँगाेमा पुग्नैपर्छ । कोही कसैले वा कहीं कतै बाट प्रभावित गर्ने काम नहाेस् । याे प्रकरणमा संलग्न जाे कोहीलाई ढाकछोप गर्ने वा चोख्याउने काम नहोस् । झुटा प्रचार र दबाब भन्दा तथ्य प्रमाणका आधारमा अनुसन्धान अघि बढाई दाेषिलाई कानुनबमाेजिम कारवाही गर्न नेपाल सरकार र गृहप्रशासनसँग नेविसंघ केन्द्रीय कार्यसमिति जाेडदार माग गर्दछ ।

दुजाङ शेर्पा
अध्यक्ष, नेविसंघ
केन्द्रीय कार्यसमिति

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments