Thursday, June 8, 2023
Homeराष्ट्रीयभारतको कर्नाटकमा कांग्रेसलाई बहुमत - Sankalpa Khabar

भारतको कर्नाटकमा कांग्रेसलाई बहुमत – Sankalpa Khabar

काठमाडौँ । भारतको कर्नाटक राज्यमा भारतीय नेशनल कांग्रेसले बहुमत हासिल गरेको छ ।

आज जारी मत गणनामा कांग्रेसले १३६ सिटमा जित हासिल गर्ने देखिएको छ । अहिले सम्म कांग्रेसले ७१ सिट जितेको छ भने ६५ सिटमा अगाडी रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

यस अघि २०१८ को निर्वाचनमा कांग्रेस ८० सिटमा विजयी भएको थियो ।

त्यस्तै भारतीय जनता पार्टीले ६४ सिट मात्र जित्ने देखिएको छ । भाजपाले अहिलेसम्म ३० सिट जितेको छ भने ३४ सिटमा अगाडी रहेको छ । यस अघि २०१८ मा भाजपाले १०४ सिट जितेको थियो ।

त्यस्तै जिडीएसले २० सिट जित्ने देखिएको छ । जेडीएसले अहिलेसम्म १२ सिट जितेको छ भने ८ सिटमा अगाडी रहेको छ । त्यस्तै राज्यमा अन्यले अहिलेसम्म ४ सिट जितेका छन् ।

२२४ सदस्यीय विधान सभामा बहुमतको लागि ११३ सिट आवश्यक पर्दछ ।

राज्यमा जिततर्फ उन्मुख भएपछि कांग्रेस नेता राहुल गान्धीले सरकार बनाएको पहिलो बैठकबाटै जनतालाई गरेका प्रमुख बाचा पुरा गर्ने बताएका छन् ।

कर्नाटकमा १० मे मा भएको निर्वाचनमा अहिलेसम्मकै सर्बाधिक ७३.१९ प्रतिशत मतदान भएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments