Saturday, April 20, 2024
Homeराष्ट्रीयचर्को आलोचना भएपछि सागर ढकालले यस्तो कदम उठाए,

चर्को आलोचना भएपछि सागर ढकालले यस्तो कदम उठाए,

डडेल्धुराः दाई बसेको कोठाको भाडा नतिरेको भन्दै चर्को आलोचना भएपछि सागर ढकालका भाइले डडेल्धुरामा रहेकी घरबेटीलाई रकम भुक्तान गरेका छन्। भाडा नतिरेको भन्ने समाचार सम्प्रेषण भएपछि उनका भाईले बाँकी रहेको १५ हजार खातामा पठाएको घरबेटी सीतादेवी भाटले बताइन्।

प्रतिनिधि सभा निर्वाचनका बेला डडेल्धुरामा कोठाभाडा लिएरका स्वतन्त्र उम्मेदवार सागर ढकालले भाडा नतिरेको पाइएको थियो। डडेल्धुराको अमरगढी नगरपालिका–५ विद्युत् रोडमा कोठा भाडा लिएका ढकालले आठ महिनादेखिको भाडा नतिरेको घरधनी सीतादेवी भाटले बताएकी थिइन्। कोठामा ताला लगाएर ढकाल सम्पर्कविहीन रहेको उनको भनाइ थियो।

त्यसपछि विभिन्न सञ्चार माध्यममा समाचार आएपछि सागर ढकालले केही महिनाअघि मात्रै डडेल्धुरा आएको र आफू बस्ने घर चुहिने भएको भन्दै सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गरेका थिए।

घरबेटीले भने भाडा माग्दा ढकालले उल्टै आफ्नो अपमान गरेको बताएकी छिन्। ‘मेरो ढलान गरेको घर कसरी चुहिने भयो। उनले त्यसो भन्दा चित्त दुखेको छ। मैले उनका भाईलाई आएर सामान लग्नु र कोठा खाली गर्नु भनेको छु’ उनले भनिन्।

प्रहरीकोमा निवेदन दिने तयारी आवस्थामा रहेकी भाटले सम्पर्कविहीन भएका ढकालका बारेमा सञ्चारमाध्यममा बोलेकी थिइन्।

ढकाल दुई महिनादेखि साउथ सुडानमा रहेको बताइएको छ। गतवर्ष सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा ढकाल पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग पराजित भएका थिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments