Friday, April 26, 2024
Homeबैदेशिक रोज़गारीछनौट भएका एक हजार श्रमिक असोज पहिलो साता इजरायल जाने

छनौट भएका एक हजार श्रमिक असोज पहिलो साता इजरायल जाने

सरकारी तवरमा इजरायलमा श्रमिक पठाउन आवेदन खुलाइएको छ । इजरायलसाग सम्झौता भएको १० महिनापछि वैदेशिक रोजगार विभागले एक हजार श्रमिक पठाउनका लागि आजबाट छनोट प्रक्रिया अगाडि बढाएको हो । असोज पहिलो सातासम्म श्रमिक पठाउन सुरु गर्ने सरकारी तयारी छ ।

सरकारी तवरमा नेपाली श्रमिक इजरायल पठाउन दुई देशबीच २०७७ असोजमा सम्झौता भएको थियो । त्यही सम्झौताअनुसार वैदेशिक रोजगार विभागले श्रमिक छनोट प्रक्रिया मंगलबार अगाडि बढाएको हो । इजरायल जान चाहनेले २१ दिनभित्र अनलाइन आवेदन दिनुपर्नेछ । २५ देखि ४५ वर्षका महिला-पुरुष दुवैले आवेदन दिन पाउनेछन् । अनमी वा सीएमएको कम्तीमा पन्ध्र महिनाको अध्ययन पूरा गरेको वा १२ कक्षा पढेर केयर गिभिङसम्बन्धी तीन महिने तालिम लिएको हुनुपर्ने योग्यता तोकिएको छ । इजरायलमै परिवारका सदस्य हुनेले भने आवेदन दिन पाउने छैनन् ।

आवेदन बुझाउने युवाले अंग्रजी भाषाको लिखित परीक्षामा सहभागी हुनुपर्नेछ । सबैभन्दा बढी अंक ल्याउने १४ सय जनाको नाम इजरायल पठाइनेछ । त्यसबाट एक हजार जनाको नाम रोजगारदाताले छान्नेछन् । छानिएका श्रमिकले इजरायल जानुअघि अभिमुखीकरण तालिम, स्वास्थ्य परीक्षण, स्वास्थ्य बिमा, हवाइ भाडा र वैदेशिक रोजगार कल्याणकारी कोषमा गरी करिब १ लाख ६५ हजार रुपैयाा खर्च गर्नुपर्नेछ । सुरुमा एक हजार जना लगे पनि आगामी दिनमा कोटा बढाउने सरकारी अधिाकरीको भनाइ छ ।

इजरायल जाने श्रमिकले त्यहाा केयर गिभरका रुपमा काम गर्नेछन् । त्यसवापत उनीहरुले मासिक २ लाख रुपैयाा हाराहारी पारिश्रमिक पाउनेछन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments