Tuesday, April 23, 2024
Homeराष्ट्रीयशिक्षण विधि, सिकाइ र शिक्षामा सीप कार्यक्रम निरीक्षण गर्न प्रमुख शाह विद्यालय...

शिक्षण विधि, सिकाइ र शिक्षामा सीप कार्यक्रम निरीक्षण गर्न प्रमुख शाह विद्यालय निरीक्षणमा – देशसञ्चार

काठमाडौँ- सामुदायिक विद्यालयमा शिक्षण विधि र सिकाइ पद्धतिको जानकारी लिन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले विद्यालको निरीक्षण गरेका छन्।

उनले शुक्रबार शिवपुरी माध्यमिक विद्यालय र र पद्मकन्या माध्यमिक विद्यालयको निरीक्षण गरेका हुन्।

गएको हप्ता उनले दरबार हाइ स्कुलको निरीक्षण गरेका थिए।

‘म काठमाडौँ महानगरपालिकामा मेयरको रूपमा निर्वाचित भएदेखि नै शिक्षा क्षेत्रको विकास र सुधारका कार्यक्रमलाई प्रमुख प्राथमिकतामा राखेको छु। पछिल्लो समय हरेक शुक्रबार विद्यालयमा विद्यार्थीहरूसँगै बस्ने र सँगै बसेर सिक्ने गरेको छु। हिजो शुक्रवार बिहान काठमाडौँको शिवपुरी माध्यमिक विद्यालयको निरीक्षण गरियो। शिक्षामा सीप कार्यक्रममार्फत विद्यार्थीहरूसँगै बसेर सिक्न मौका पाएँ। साथै बुक फ्री फ्राइडे कार्यक्रममा विद्यार्थी र शिक्षकहरूको सहभागिताको बारेमा बुझ्न पाएँ। निरीक्षण अनुगमनका क्रममा शिक्षामा सीप कार्यक्रमले विद्यार्थीको भविष्य निर्माणका लागि पार्ने प्रभावको बारेमा बुझ्ने मौका पाएँ। विद्यालयहरूको वर्तमान अवस्था, समग्र विकासका लागि आवश्यक पर्ने पूर्वाधार, स्रोतसाधन र अन्य आवश्यकताका बारेमा जानकारी लिएको छु’, बालेनले फेसबुकमा लेखेका छन्।

शिवपुरी माध्यमिक विद्यालयमा पाक कला र मोबाइल इलेक्ट्रोनिक्स गरी २ वटा कक्षा सञ्चालनमा छन्। डिल्लीबजारमा रहेको पद्मकन्या विद्याश्रममा सिपमा शिक्षा कार्यक्रमअन्तर्गत स्केच‍िङ र मूर्तिकला, फेसन र कपडा निर्माण जस्ता कार्यक्रममा सञ्चालन भइरहेका छन्।

‘बुक फ्री फ्राइडे’ कार्यक्रमअन्तर्गत विद्यार्थीहरू पत्रपत्रिका पठन, भाषण तथा कविता वाचन कला, खेलकुद, चित्रकला, सर्वेक्षण, विज्ञान प्रयोगशालाजस्ता विधा र क्षेत्रमा सहभागी भएका छन्।

प्रमुख शाहले निरीक्षणको अन्त्यमा शौचालयको उपलब्धता, अवस्था र सरसफाइका पक्ष पनि हेरेका थिए।

!function(f,b,e,v,n,t,s)
{if(f.fbq)return;n=f.fbq=function(){n.callMethod?
n.callMethod.apply(n,arguments):n.queue.push(arguments)};
if(!f._fbq)f._fbq=n;n.push=n;n.loaded=!0;n.version=’2.0′;
n.queue=[];t=b.createElement(e);t.async=!0;
t.src=v;s=b.getElementsByTagName(e)[0];
s.parentNode.insertBefore(t,s)}(window,document,’script’,
‘https://connect.facebook.net/en_US/fbevents.js’);
fbq(‘init’, ‘1195449414139772’);
fbq(‘track’, ‘PageView’);

(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s); js.id = id;
js.src=”https://connect.facebook.net/ne_NP/sdk.js#xfbml=1&version=v2.11&appId=557438237925255″;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments