Saturday, April 27, 2024
Homeराष्ट्रीयगगन थापाले संसद्‌मा भने– सरकारले आफ्नै नीतिको लाज राखोस्

गगन थापाले संसद्‌मा भने– सरकारले आफ्नै नीतिको लाज राखोस्

<!—->

<!—->

काठमाडौं– सत्तारुढ पार्टी नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले सरकारले आफ्नै नीतिको लाज राख्नुपर्ने बताएका छन्। नेपालमै निर्मित विद्युतीय सवारी साधन यात्री मोटरसाइकलको दर्ता प्रक्रियाको उल्झन उल्लेख गर्दै थापाले यस्तो बताएका हुन्। 

नेपालमै उत्पादन थाल्ने उद्यमीले पाइला-पाइलामा समस्या भोग्नुपरेको उनले बताए। उनले भने, ‘यात्रीको दर्ता प्रक्रिया समस्या भएपछि प्रधानमन्त्रीको निर्देशनमा कार्यविधि संशोधन भयो र दर्ता पनि भयो। सरकार भन्छ- भ्याट बिल तिरेको ३५ दिनभित्र दर्ता भएन भने जरिवाना लाग्छ। पहिले कानुन थिएन, दर्ता भएन। अहिले आफैं कानुन ढिलो बनाउने सरकारले भन्छ- तैंले ढिलो किन गरिस्, जरिवाना तिर्नुपर्छ।’

NIMB
NIMB

उनले यो उत्पादकसँग सम्बन्धित मात्रै नभएर स्वदेशी उत्पादन किन्छु भन्ने उपभोक्ताको सरोकारको विषय रहेको बताए। त्यसैले सरकारले आफ्नै नीतिको लाज राखेर यो उल्झन फुकाउनुपर्ने उनको भनाइ छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments