Tuesday, April 16, 2024
Homeराष्ट्रीयनीति, नियत र क्षमतामा टेकेर यथार्थपरक र आशा जगाउनेखालको बजेट आओस :...

नीति, नियत र क्षमतामा टेकेर यथार्थपरक र आशा जगाउनेखालको बजेट आओस : सांसद वाग्ले (भिडिओसहित)

काठमाडौं, ९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले सरकारले संसद्मा पेश गरेको नीति तथा कार्यक्रम परम्परा धान्नको लागि ल्याईएको दस्तावेज भएको बताएका छन् ।

उनले भने,‘यो नीति तथा कार्यक्रममा परम्परा धानिएको छ । नविनता, उर्जा, प्रेरणा, महत्वकांक्षा इत्यादिका कसीमा हामी अझै राम्रो गर्न सक्दथ्यौं होला । तर विगत १० वर्षमा, यस्तै–यस्तै न हो । नीति तथा कार्यक्रम सबै मन्त्रालयबाट आएका केही बुँदाहरु मुख्यसचिवले गाँस्नुहुन्छ । यसमा धेरै उत्ताउलोपन देखाउनुपर्छ जस्तो मलाई लाग्दैन् । र, यही मेसोमा हामी के भन्छौं भने कतै यो कर्मकाण्डलाई क्रमभंगतातिर लाने हो भने मलाई लाग्छ, एउटा सिक्वेन्स मिलिराखेको छैन् । त्यो मिलाउनुपर्छ ।’

आज (मंगलबार) प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद वाग्लेले सरकारले यस वर्ष यथार्थपरक बजेट ल्याओस भन्ने सुझाव दिएका छन् । यस्तै, उनले पूर्वाधारको मोडेलमा पनि पूनर्विचार गर्नुपर्छ भन्ने धारणा राखे । उनले भने,‘नीति, नियत र क्षमतामा टेकेर एउटा यथार्थपरक, विश्वसनीय र आशा जगाउने खालको बजेट आओस । नीति तथा कार्यक्रम र बजेटबीचको लिंकेज एकदम टाईट भएर जाओस ।’

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = “//connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.10&appId=401514826619301”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments