
काठमाडौं, ९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उपप्रधानमन्त्री र प्रतिनिधि सभा सदस्य पद मुक्त गराएर चर्चा अनि आलोचना खेपिरहेका युवराज पौडेल अहिले पनि अडा अदालततिर उत्तिकै धाइरहेका छन् । रवि लामिछानेको नागरिकता विवादमा हात धोएर लागि परेका उनी अहिले उनको राहदानी प्रकरणमा अदालत धाइरहेका छन् । देश अहिले भ्रष्टाचारको जन्जिरमा बाँधिएको छ । देशमा नक्कली भुनानी शरणार्थी प्रकरण, लडाकु शिविर घोटला प्रकरण, यति, ओम्नी लगायत विभिन्न भ्रष्टाचारका प्रकरण बाहिर आइरहेको बेला यु्वराज सफल किन एक जना व्यक्तिको विरुद्धमा हात धोएर लागिपरेका छन् ? कतै उनी अरुबाट परिचालित छन् कि भन्ने आशंका पनि रहेको छ । यसै विषयमा रहेर रिपोर्टर्स संवादका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग गरिएको संवादको सम्पादित अंशः
रवि लामिछानेको नागरिकता विवादमा हात धोएर लाग्नु भएको थियो । पछिल्लो समयमा देशमा ठूला–ठूला भ्रष्टाचारहरुको पर्दापास भइरहेको छ । जस्तै, नक्कली भुटानी शरणार्थी प्रकरण, क्यानटोनमेन्ट घोटला, वाइट बडी, यती, ओम्नी लगायतका कुराहरु छन् । य ियावत भ्रष्टाचारमा आवाज उठाउन छोडेर एउटा व्यक्तितिर मात्र लाग्नुभयो । किन ?
हामीले रवि लामिछानेमाथि मुद्दा हालेपछि नेपालमा भिभिआइपी, भिआईपीहरुलाई पनि कानुन लाग्नुपर्छ, कारबाहीको दायरामा ल्याउनुपर्छ भन्ने कुरा पुष्टि भयो । त्यसपछि प्रचण्डकाविरुद्ध पनि सर्वोच्च अदालतमा मुद्दा दर्ता भयो । नककली भुटानी शरणार्थीको कुरामा वैशाख ४ गते जो पीडितहरुले उजुरी दिएर साना माछाहरु समातिए ।तर, नेपाल समाजवादी मोर्चाले वैशाख ४ गते अहिले पक्राउ परेका मान्छेहरुको नाम गृहमन्त्रालयमा उजुरी दर्ता गरिसकेपछि नक्कली भुटानी शरणार्थी प्रकरमा भिआईपीहरु पक्राउ पर्न थालेका हुन् ।अझ भिभिआइपि केपी शर्मा ओली, शेरवहादुर देउवा, आरजु राणा, मञ्जु खाँण, रामबहादुर थापा ‘बादल’, प्रेमकुमार राई लगायतका व्यक्तिहरुलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ भनेर आवाज उठाएका छौं । वाइट बडडी, क्यानटोनमेन्ट भ्रष्टाचारका कुरा दुई हप्ता अगाडि तामेलीमा राखेका मुद्दाहरुको बिवरणहरु हामीले अख्तियारसँग माग्दाखेरि दिएन । पछिफेरि सूचनाहरु माग ग¥यौं । हामीले ती विषयहरुमा उठान गरेपछि संसद्मा कारबाही गर्नुपर्छ भनेर कुराहरु पनि भइरहेको छ ।
तपाईंले जोड्न खोज्नु भएको कुरा जब रवि लामिछानेको विवादमा रिट दायर गर्नुभयो । त्यसपछि शृङखलाबद्ध रुपमा भ्रष्टाचार खोतलिन थालेको हो ?
हो । क्यानटोनमेन्ट घोटला, नक्कली भुटानी शरणार्थी प्रकरण, वाइड बडको कुरा उठायौं । यसमा शेर वहादुर देउवा आफैको संलग्नता छ भनिएको छ । एमालेका तत्कालीन पर्यटनमन्त्रीको पनि संलग्न भएको पाइयो । यसको एउटा जालो छ । ललिता निवासको फाईल पल्टयाउन पर्छ भनेर गृह मन्त्रालयसँग तीन सय ६० जनालाई मुद्दा दर्ता गर्नुपर्छ भनेकोमा एक सय ५० जनाको मुद्दा दर्ता भयो । एक सय ६० जनाको दर्तालाई छोडेको विषयमा हामीले आवाज उठाएका छौं ।
हामीले पाएको सुचना अनुसार तपाईं पनि माओवादीको पूर्वलडाकु हुनुहुन्छ । माओवादीको राजनीति, विद्रोहमा लामो समय लाग्नु भयो भन्ने हामीलाई जानकारी छ । यदि त्यसो हो भने, माओवादीको लडाकु शिविरमा घोटला भएकैं हो त ?
प्रचण्डको ८, १० वर्ष अगाडिको भिडियो क्लिप सुनौं न । ‘हामी कति थियौं त, हामी ६,७ हजार त थियौं । तर, २०, २१ हजार हामीले पु¥यायौं । ’ भनेर उहाँले भन्नुभएको छ नी । यो कुरा उहाँ आफैंले भनेको हो । उहाँकै योजना अनुसार रहेछ नी । त्यसैले माओवादीको क्यानटोनमेन्टमा भ्रष्टाचार भएको हो । कुन लेवलमा को संलग्न भएर ग¥यो भन्ने विषय फेरि पनि छानविन गर्नुपर्छ । अख्तिियारमा यो विषयको उजुरी परिसकेको रहेछ ।
नक्कली भुटानी शरणार्थी प्रकरण जस्तै यो विषयमा क्यानटोनमेन्ट घोटलाको विषयमा छानविन हुँदै गयो भने, तपाईको नजरमा यसमा तानिनसक्ने सम्भावित पात्र को–को छन् ?
पुष्पकमल दाहाल ‘प्रचण्ड’ को योजनामा भएको भन्ने बुझिन्छ । मुख्य योजनाकार प्रचण्ड भन्ने बुझिन्छ । उहाँले नै भन्नु भएको छ । हामी यति थियौं त अहिले पो बाहिर भन्न्ु पो हुँदैन । हामी कति थियौं भन्नुस त भनेर बकाइदा उहाँले भन्नुभएको छ । त्यसपछि तत्कालीन माओवादी सेनाका कमान्डरहरु वर्षमान पुन, जनार्दन शर्माजस्ता धेरै पात्रहरु डामिने सम्भावना छ ।
(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = “//connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.10&appId=401514826619301”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));