Thursday, April 18, 2024
Homeराष्ट्रीयरवि लामिछानेको प्रश्न– नक्कली शरणार्थी प्रकरणमा नाम आएकालाई सोधपुछ गर्न सरकार किन...

रवि लामिछानेको प्रश्न– नक्कली शरणार्थी प्रकरणमा नाम आएकालाई सोधपुछ गर्न सरकार किन डरायो ?

काठमाडों । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सांसद रवि लामिछानेले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरेका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोलेका सांसद लामिछानेले यो प्रकरणमा छानबिनका लागि संसदले विशेष समिति बनाउनुपर्ने बताए।

‘यो प्रकरणमा कुनै राजनीतिक दल बाँकी छैन जसलाई आरोप लाग्न बाँकी रहेको होस्। त्यतिमात्र होइन राज्यका निकायहरूको नाम यसरी आइरहेको छ, अनुसन्धान गर्ने अधिकारी र प्रमुखहरूका नाम आइरहेको छ। यो कुनै अँध्यारो कोठामा, कुनै गल्लीमा भएको क्रियाकलाप छैन। दिनको उज्यालोमा प्रधानमन्त्री निवास बालुवाटारमा, सिंहदरबारमा, मन्त्री क्वार्टरमा लेनदेन भएका विषय आएका छन्,’ उनले भने, ‘यहाँ मुछिएका मानिसहरू हेर्नुहोस् यो राज्यमा हामीले कसलाई विश्वास गर्ने?’

उनले विश्वासको वातावरण बन्द भएको पनि बताए। ‘यसका लागि संसदीय विशेष समिति बनाएर यसको छानबिन गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘ज–जसको नाम आएको छ उनीहरूलाई सोधपुछ गर्न नहुने गरी किन डराएको हो?’

प्रधानमन्त्री र गृहमन्त्रीले मुटु दह्रो छ भने पनि उनीहरूको मुटु चेक गर्नुपर्ने उनले बताए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments