Tuesday, April 23, 2024
Homeराष्ट्रीयफेरि मुद्दा परेपछि रविले लेखे-मान्छेलाई ‘इरिटेट’ गर्ने पनि सीमा हुन्छ

फेरि मुद्दा परेपछि रविले लेखे-मान्छेलाई ‘इरिटेट’ गर्ने पनि सीमा हुन्छ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा फेरि अर्को मुद्दा दर्ता भएपछि आफूविरुद्ध मुद्दा हाल्ने उद्योग चलाइएको टिप्पणी गरेका छन्।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु अलग कुरा उनले बताएका छन्।

उनले सर्वोच्च अदालतले गएको पुस १३ गते गरेको फैसलामा आफूले अमेरिकी नागरिका त्यागेको निश्चित गरेको बताएका छन्। उनले आफूले अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस गरी पुनस् नागरिकता पनि कायम गराइसकेको बताएका छन्।

अमेरिकी राहदानीको सक्कल निस्सा आफूसँगै भएकोमा उक्त निस्सा जेठ ९ गते सर्वोच्च अदालतमा बुझाइ पनि सकेको दाबी गरेका छन्।

अदालतमा बुझाइसकेको छु, यसको जानकारी र सक्कल बमोजिम नक्कल मिति २०७५/०३र०६ मा अध्यागमनलाई स-प्रमाण बुझाइसकेको थिएँ, उनले भनेका छन्, टेलिभिजनबाट घोक्रो सुक्नेगरी स-प्रमाण बोलिसकेको थिएँ।

यस्तो छ उनले लेखेको स्टाटस 

मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ।

१) सर्वोच्च अदालतको मिती २०७९/१०/१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य confirm गरेको छ।

२) अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको छु ।

३) अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/ ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएं। टेलीभिजन बाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएं।

४) घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ।

window.fbAsyncInit = function() {
FB.init({
appId : ‘771486886283999’,
xfbml : true,
version : ‘v2.4’
});
};

(function(d, s, id){
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {return;}
js = d.createElement(s); js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments