Friday, April 26, 2024
Homeराष्ट्रीयरेशम चौधरीलाई संविधान र कानून बमोजिम राष्ट्रपतिबाट माफी दिनुपर्छ : बाबुराम भट्टराई

रेशम चौधरीलाई संविधान र कानून बमोजिम राष्ट्रपतिबाट माफी दिनुपर्छ : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले रेशम चौधरीको रिहाई हुनु पर्नेमा जोड दिएका छन् ।

नागरिक उन्मुक्ति पार्टीका संस्थापक चौधरीको रिहाईका बारेमा विवाद चलिरहेको बेला भट्टराईको यो धारणा आएको हो । उनले नागरिकता विधेयक पनि प्रमाणीकरण हुनु पर्नेमा जोड गरेका छन् ।

शनिबार सामाजिक संजाल मार्फत ‘रेशम चौधरी लगायतका टीकापुर थारू विद्रोहका नेताहरूलाई संविधान र कानून बमोजिम राष्ट्रपतिबाट माफी मिनाहा दिन र हजारौंको संख्यामा नागरिकताविहीन रहेका जन्मसिद्ध बाबुआमाका सन्तानलाई नागरिकता दिन संसदबाट पारित नागरिकतासम्बन्धी विधेयक राष्ट्पतिबाट छिटो जारी गर्न अब कुनै किन्तु परन्तु नगरौं,’ भट्टराईले भनेका छन्, ‘लोकतन्त्र भनेको प्रक्रिया सँगसँगै मुख्यतः जनतालाई न्याय र समानताको प्रत्याभूति गर्ने प्रणाली हो भन्ने नभुलौं।’

 

 

window.fbAsyncInit = function() {
FB.init({
appId : ‘771486886283999’,
xfbml : true,
version : ‘v2.4’
});
};

(function(d, s, id){
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {return;}
js = d.createElement(s); js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments