काठमाडौँ, १४ जेठ। गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीसहित १९ जनालाई आममाफी दिएका छन्। त्यस्तै ४८२ कैदीको बाँकी कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। मन्त्रिपरिषद्को जेठ १२ र १४ गते बैठकको सिफारिसअनुसार पौडेलले सो निर्णय गरेका हुन्। आममाफी मिनाहापछि उनीहरु सोमबार छुट्नेछन्। कानूनअनुसार ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीको बाँकी कैद राष्ट्रपतिले मिनाहा गर्ने व्यवस्था छ।