Thursday, April 25, 2024
Homeराष्ट्रीयइनरूवामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

इनरूवामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

काठमाडौं-पूर्वप्रहरी कर्मचारी संगठन सुनसरीले इनरूवामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ। 

जन्मकैद सजाय भोगिरहेका रेशम चौधरीलाई गणतन्त्र दिवसको अवसर पारेर सरकारले आम माफी दिएको भन्दै इनरूवा बस चोकमा उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको पुत्ला दहन गरेका हुन्।

प्रहरी उच्च अधिकारी सहितको हत्यामा जन्मकैद भोगिरहेका व्यक्तिलाई माफी दिनुले प्रहरी कर्मचारी र परिवारको मान सम्मानमा चोट पुगेको पूर्वप्रहरी कर्मचारी पहलबहादुर कटवालले बताउनु भयो ।

पुत्ला दहन कार्यक्रममा प्रदर्शनकारीले नेपाल सरकारको सिफारिसमा रेशम चौधरीलाई राष्ट्रपतिले आम माफी दिनु मुलुकको कानूनी राज्यप्रतिको उपहास भएको बताए।

(function (d, s, id) {
var js,
fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id))
return;
js = d.createElement(s);
js.id = id;
js.src = “//connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.10&appId=40151482661930” +
“1”;
fjs
.parentNode
.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments