Saturday, April 20, 2024
Homeराष्ट्रीयनागरिकताविहीन संघर्ष समितिद्वारा नागरिकता विधेयकको स्वागत, अनावश्यक भ्रम नफैलाउन आग्रह (भिडिओसहित)

नागरिकताविहीन संघर्ष समितिद्वारा नागरिकता विधेयकको स्वागत, अनावश्यक भ्रम नफैलाउन आग्रह (भिडिओसहित)

काठमाडौं, १९ जेठ । नागरिकताविहीन संघर्ष समितिले हालै राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकको स्वागत गरेको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिका अध्यक्ष ईन्द्रजीत साफीले आफूहरुले विगत दुई वर्षदेखि गर्दै आएको सडक संघर्षलाई सरकारले सम्बोधन गरेको बताए । साथै, उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई धन्यवाद व्यक्त गरेका हुन ।

‘विगत दुई वर्षदेखि हामीले सडक संघर्ष साथै सरोकारवालाहरुलाई भेटेर ज्ञापनपत्र बुझाउने कार्यक्रम गर्दै आएका थियौं । २०७२ को संविधानपछि जन्मसिद्धका छोराछोरी, वैवाहिक अंगिकृत नागरिकता भएका, आमाको नागरिकता भएको र बाबुको अत्तोपत्तो नभएका ८ वर्षदेखि लाखौं वास्तविक नेपाली नागरिकता प्राप्तिको हकबाट बञ्चित थिए,’– उनले भने ।

नेपाली नागरिकता लिएका नागरिकका सन्तानलाई नागरिकता प्राप्तिको हकबाट बञ्चित गराउन नहुने उनले बताए । यसकाविरुद्ध आफूहरुले गरेको लामो संघर्षपछि अहिले सरकारले नागरिकताविहीन पीडितहरुको पीडा मनन् गरेको उनको भनाई छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विधेयक दुई–दूई पटक फर्काएर संसद्को र सिंगो नेपाली जनताको अपमान गरेको उनको आरोप छ । संविधानले राष्ट्रपतिलाई दुईपटक विधेयक फिर्ताको अधिकार प्रदान नै नगरेको उनको भनाई छ । तत्कालीन राष्ट्रपतिले विचाराधीन अवस्थामा छाडेको विधेयक निष्कृय हुन्छ भन्नु संविधानसम्मत तर्क नभएको उनको भनाई छ ।

‘प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएर सम्माननीय राष्ट्रपतिकोमा जाँदा दुई–दुईचोटी फर्काइयो । एकचोटीमात्रै पूनर्विचार र छलफलका लागि पठाउनसक्ने व्यवस्था छ । दोस्रोपटक प्रतिनिधि सभा र राष्ट्रियसभाबाट पारित गरेर राष्ट्रपतिको टेवलमा पुर्याएपछि १५ दिनभित्र प्रमाणित गर्नुपर्ने छ भनेर लेखिएको छ ।’ उनले भने,‘उहाँ (विद्यादेवी भण्डारी) ले त्यो विधेयक प्रमाणीकरण नगरेर त्यत्तिकै छोड्नु भएको थियो । धेरैले त्यो विधेयक निष्कृय भयो भनेर कुरा गर्दै हुनुहुन्थ्यो । तर, त्यो नागरिकता विधेयक निष्कृय हुन्छ भनेर संविधानमा कतै लेखिएको छैन ।’

संसद्मा विचाराधिन अवस्थामा रहेको विधेयक चाहीँ निर्वाचन भएर नयाँ संसद् बनेको अवस्थामा निष्कृय हुने उनको दाबी छ । आफूहरुको लामो संघर्षपछि प्रधानमन्त्री, गृहमन्त्री लगायतका सरोकारवाला निकायहरुले माग सम्बोधन गरेको उनले बताए ।

अहिले प्रमाणीकरण भएको नागरिकता विधेयकका सम्बन्धमा विभिन्न टिक्काटिप्पणी भइरहेको र उक्त टिक्काटिप्पणीमा कुनै सत्यता नरहेको बताए । अहिले प्रमाणीकरण भएको नागरिकता विधेयकले विदेशीहरुलाई नागरिकता प्रदान गर्न सहज भएको भनेर झुठो प्रचार भएको उनले बताए ।

‘अहिले प्रमाणीकरण भएको विधेयकले विदेशीहरुलाई नागरिकता दिन्छ भनेर झुठो प्रचारप्रसार गरेर रोक्ने काम भइरहेको छ । त्यो गलत छ । नागरिकता विधेयकको विरोध गरेको छ, तिनीहरुले न त संविधान नै पढेका छन्, न त नागरिकता विधेयक नै पढेको छ । विरोध पहिले संविधान र विधेयक पढ्नुपर्यो । यो वास्तविक नेपालीलाई नागरिकता दिनका लागि आएको छ,’– उनले भने ।

वैवाहिक अंगिकृत नागरिकताको विषयमा अहिलेको विधेयकले व्यवस्था गरेको नभएर २००९ सालदेखि नै उक्त व्यवस्था रहेको उनले बताए । वैवाहिक अंगिकृत नागरिकता प्रदान गर्दा अवधि राख्ने व्यवस्थाप्रति आफूहरुको कुनै आपत्ति नरहेको उनको भनाई छ ।

नागरिकताविहीन संघर्ष समितिको ३० वटा जिल्लाका कार्यसमिति रहेको उनले बताए । नागरिकताविहीनलाई सरकारले नागरिकता प्रदान गर्ने क्रममा कुनै विचौलियाले भारतीय र विदेशी नागरिकलाई नागरिकता प्रदान गराउन चलखेल गरेको खण्डमा आफूहरुले त्यस्ता विचौलियाहरुलाई सुक्ष्म निगरानीमा राखेर प्रशासनको जिम्मा लगाउने उनको भनाई छ ।

जन्मसिद्ध नागरिकता प्राप्त नागरिकका छोरोछोरीले विगत ८ वर्षदेखि नागरिकता प्राप्त गर्न नसक्दा नर्कको अनुभूति गरेको उनले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता विधेयकको सन्दर्भमा आपत्ति जनाएको बताउँदै उनले एकदिन नागरिकताविहीन हुँदाको क्षण स्मरण गर्नसमेत लामिछानेलाई आग्रह गरे ।

‘विगत ८ वर्षदेखि हामी नागरिकता नहुँदा यही देशमा झण्डै नर्कजस्तो अनुभव गरिराखेका थियौं । त्यो कुरा किन बुझेनन् क्या रवि लामिछानेले ? एक दिन नहुँदा त्यत्ति गाह्रो भएको थियो । हामी वर्षौदेखि त्यो समस्यामा परेका छौं । उहाँले सपोर्ट गर्नुभन्दा चाहीँ विरोध गर्नुभएको छ,’–अध्यक्ष साफीले भने ।

न्युज २४ मा हुँदा रवि लामिछानेले हरेक कार्यक्रममा सहयोग गरेको उनले स्मरण गरे । गृहमन्त्री हुँदा पनि भेटेर स्मरण गराएको उनले बताए । नागरिकता विधेयमा नभएका कुरामा समेत रवि लामिछानेले भ्रम सिर्जना गरेको साफीको आरोप छ ।

आफूले नागरिकता वितरणका लागि छिटोभन्दा छिटो कार्यविधि र नियमावली बनाउन सरकारको ध्यानाकार्षण गराउनेसमेत उनले बताए । देशका कर्णधार युवाहरुलाई सरकारले ८ वर्षदेखि नागरिकता विहीन बनाएर राख्नु दुःखद् रहेको उनको भनाई छ ।

नागरिकता पीडित संघर्ष समितिका सदस्य उत्तरप्रसाद साहल आफूहरुको समस्या े सरकारले ढिलै भएपनि बुझेको भन्दै धन्यवाद व्यक्त गरे । विधेयकमा हुँदै नभएको कुरामा पनि केही मान्छेहरुले भ्रम फैलाउने काम गरेको भन्दै उनले आपत्ति जनाए ।

बारा जिल्लाका सरोज साहले आमाबाबुको नेपाली नागरिकता हुँदापनि आफूले अहिलेसम्म नागरिकता नपाएको दुःखेसो पोखे । आमाको वैवाहिक नागरिकता र दाजुको वंशज नागरिकता हुँदा पनि आफूले ४० वर्षको हुँदासम्म नागरिकता नपाएकोे बताए ।

पत्रकार सम्मेलनमा उनले आफूसँग भएका प्रमाणहरु देखाउँदै भने,‘यो मेरो जन्मदर्ता, यो मेरो ममीको वैवाहिक नागरिकता र यो मेरो दाईको वंशज नागरिकता । दाईको नागरिकता हुँदाखेरी मेरो चाहिँ अहिलेसम्म नागरिकता छैन । ४० वर्ष भइसकेँ । मेरो बुबा छैनन् । ममीको नागरिकता छ, दाईको नागरिकता छ, म चाहिँ कहाँको ?’–उनले प्रश्न गरे ।

नागरिकताविहीन नेपाली नागरिकले आफ्नो अधिकार माग्दा विभिन्न टिक्काटिप्पणी हुने गरेको उनले बताए । चितवनका नागरिकताविहीन मिराज मियाँले अहिलेको नागरिता विधेयकमा अंगिकृत नागरिकताको बारेमा केही कुरा व्यवस्था नगरिएकाले त्यसमा स्पष्ट हुन सबैसमक्ष आग्रह गरे । नेपाली नागरिकले नागरिकता नपाउँदा पनि रास्वपाका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा एक शब्द नउठाएको उनको आरोप छ ।

आफ्नो निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्य रास्वपाका हरि ढकाललाई नागरिकता विधेयकका बारेमा ज्ञापनपत्र बुझाएपनि त्यसमा कुनै चासो नै नदिएको उनको आरोप छ । उनले एक दिन नेपाली नागरिकता नहुँदाको पीडा स्मरण गर्नसमेत लामिछानेलाई आग्रह गरे । एकपटक विधेयक राम्रोसँग अध्ययन गरेरमात्रै विधेयकको बारेमा विरोध गर्न उनले सबैसमक्ष आग्रह गरे ।

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = “//connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.10&appId=401514826619301”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments