Thursday, May 2, 2024
Homeराष्ट्रीय‘ग्रेटर नेपाल’ को चर्चापछिको एक टिप्पणी

‘ग्रेटर नेपाल’ को चर्चापछिको एक टिप्पणी

<!—->

<!—->

चर्चा भारतले नवनिर्मित संसद् भवनमा राखेको ‘अखण्ड भारत’को मुरल र त्यसको नेपालका चलिरहेको प्रतिक्रियाहरुबाट सुरु गरौं। 

भारतले नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को मुरल राख्यो। प्रष्ट छ, आजको भारत उदार छैन। भारतको आजको सत्ता घरेलु मतदाता आकर्षित गर्न यदाकदा छुल्याहा चरित्र देखाउँछ। ‘अखण्ड भारत’को मुरल भारतीय सत्ताको त्यही चरित्रको एउटा प्रतिनिधि घटना हो। 

यो घटनाले नेपालको राजनीतिक वृत्त र जनस्तरमा उठेका प्रतिक्रियाहरुले अर्को प्रश्न उब्जाएको छ – एउटा छुल्याहा कार्यको जवाफ अर्को स्वरुपको छुल्याहा कार्य हुनसक्छ? खासगरी काठमाडौंका निर्वाचित मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा नै टाँसिदिएपछि त्यसले सिर्जना गरेको तरङ्ग र नेपाली जनतामा फैलिएको उद्गवेग नेपालमा कम्युनिस्ट नेताहरुले दशकौंदेखि रोपेको ‘राष्ट्रवादको प्रतिस्पर्धा’को निरन्तरताको झल्को दिने किसिमको छ। 

भारतको आजको सत्ता घरेलु मतदाता आकर्षित गर्न यदाकदा छुल्याहा चरित्र देखाउँछ। ‘अखण्ड भारत’को मुरल भारतीय सत्ताको त्यही चरित्रको एउटा प्रतिनिधि घटना हो। 

नेपालका कम्युनिस्टहरुको आधारभूभि नै भारतको विरोध थियो। जनताका आधारभूत समस्यामा मिहीन ढंगबाट बहस गर्न नचाहने कम्युनिस्ट नेताहरु राष्ट्रवादको मुद्धामा भने उग्र थिए। 

पात्रहरु बद्लिए। तर यस्तो प्रतित हुँदैछ प्रवृत्ति भने बद्लिएको छैन। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले संसदमा बोलिदिए हामीले पनि ग्रेटर नेपालको नक्सा राखिदिऔं। बालेनले त त्यसलाई तत्काल कार्यान्वयनमा लगिदिए। हुँदाहुँदा परिपक्व राजनीति गर्ने दाबी गर्ने गगन थापाले समेत बोलिदिए– हामी पनि हाम्रो सांस्कृतिक नक्सा सार्वजनिक गरौं। 

बुझ्न कठिन छैन, यी अभिव्यक्तिहरु सार्वजनिक खपतका लागि हुन्। जनतामा राष्ट्रवादी छवि कायम राखिराख्नको लागि हो। तर यी अभिव्यक्तिहरुले नेपालमा दशकौं पुरानो ‘कम्युनिस्ट स्कूल’ले सिकाएको एउटा परम्पराबादी दृष्टिकोण र चिन्तनको झलक पनि हो। 

दुई अतिवादी स्कूलका कार्यकर्ताहरु

भारतले अखण्ड भारतको मुरल सार्वजनिक गरेपछि नेपाली समाजमा दुई खालको अतिवादी दृष्टीकोण देख्न सकिन्छ। एकथरीलाई लाग्छ, नेपालले भारतविरुद्ध केही बोल्नै हुन्न। भारत ठूलो देश छ। भारतसँग सैन्यशक्ति ज्यादा छ। भारत बलियो छ। बलियोको अगाडि निर्धो चुपचाप खडा हुनुपर्छ।  यो चिन्तनमा साम्राज्य विस्तारको युगको दास मनोवृत्ति छचल्किएको बुझ्न कठिन छैन। भारतको अगाडि नेपाल चुपचाप खडा हुनुपर्छ भन्ने दाबी गर्नेहरु आफूहरुलाई प्रगतिशील दाबी गर्न भने चुक्दैनन्। जबकि उनीहरुको चिन्तन भने घोर दक्षिणपन्थीभन्दा पनि अनुदार दास मनोवृत्तिबाट ग्रसित छ। उनीहरु तर्क गर्छन्, नेपालको भारतसँग युद्ध गर्ने हिम्मत छ? युद्ध गर्दा नेपालले जित्छ?

नेपालमा नयाँ उदाएका दल र स्वतन्त्र उम्मेदवारहरुले कम्युनिस्ट नामप्रतिको मोह त्यागेका छन्। उनीहरुको बुझाइ र चेतनास्तर परम्परागत नेताहरुको भन्दा फरक हुने आशा थियो। तर ‘ग्रेटर नेपालको नक्सा’प्रति देखिएको मोहले उनीहरु पुरानै स्कूलका नयाँ अनुहार बन्ने त होइनन् भन्ने प्रश्न खडा गरेको छ। 

नेपालले एउटा स्वतन्त्र देशको रुपमा युद्धको परिकल्पना गरेकै छैन। नेपालमा भारतपरस्त देखिन वा क्रान्तिकारी देखिन यस्तो तर्क गर्नेहरुले समग्र विश्व व्यवस्थाको वास्तविकतालाई अवमूल्यन गरेका छन्। यो विचार राख्नेहरुले भने झैं हुने हो भने ताइवान, युक्रेन, क्युवा लगायत विश्वका साना देशहरु सधैं दबिएर बस्नुपर्छ। दर्जनौं साना देशहरुले आफ्नो आवाज उठाउनै हुन्न। अमेरिका, चीन वा रसियाजस्ता शक्तिशाली देशका शासकहरुको स्तुतिगान मात्र गरेर बसे हुन्छ। यस्ता विचार राख्नेहरु आजको विश्व मापदण्ड र संयुक्त राष्ट्रसंघको स्थापनापछि बद्लिएको यथार्थबाट पर छन् वा जानाजानी भारतीय छुल्याहपनलाई बैधता दिन प्रयासरत छन् भन्ने बुझ्न कठिन छैन। 

NIMB
NIMB

अर्को पक्ष छ, भारतको मामलामा घरेलु तहमा अति चर्को देखिन चाहने। उनीहरुले राष्ट्रवादको हतियारको रुपमा नेपाली जनतामा रहेको भारतसँगको चित्त दुखाइलाई प्रयोग गर्न चाहन्छन्। संयोग नै मानौं, यो तप्का पनि आफूहरुलाई प्रगतिशील नै भनेर चिनाउन चाहन्छ। 

सुदूर विगतमा जानै पर्दैन, २०५२ सालमा हिंसात्मक विद्रोह सुरु गरेको माओवादीका नेताहरुले भारतकै भूमिमा संरक्षित जीवनयापन गर्दै भारतविरुद्ध सुरुङ्ग युद्धको बिगुल फुकेका थिए। त्यो कसरी सम्भव भयो होला? माओवादीप्रति भारत नरम थियो वा थिएन? भारतले किन माओवादी नेताहरुको आवातजावतमा कडाइ गरेन होला? यी यस्ता प्रश्नहरु हुन् जसको जवाफ आउँदा समयको कुनै कालखण्डमा खुल्दै जाला। 

कम्तीमा नेपालमा नयाँ उदाएका दलहरु र स्वतन्त्र उम्मेदवारहरुले कम्युनिस्ट नामप्रतिको मोह त्यागेका छन्। यस सन्दर्भमा उनीहरुको बुझाइ र चेतनास्तर परम्परागत नेताहरुको भन्दा फरक हुने आशा थियो। तर ‘ग्रेटर नेपालको नक्सा’प्रति देखिएको मोहले उनीहरु पुरानै स्कूलका नयाँ अनुहार बन्ने त होइनन् भन्ने प्रश्न खडा गरेको छ। 

हिनताको मनोग्रन्थी 

हुनुपर्ने के थियो? आजको नेपाल र भारतको द्विपक्षीय सम्बन्धका बहुआयामिक बिषयहरुमा शुक्ष्म बहसको खाँचो छ। जस्तै नेपालका नदीनालामा भारतीय कम्पनीहरुको उपस्थिति र एकाधिकार नेपालको पक्षमा छ वा छैन? नेपालले विद्युतीय उर्जा उपयोगमा अहिले भइरहेकोभन्दा बढी फाइदा लिनसक्ने अवस्था छ वा छैन? भारतीय उत्पादनहरुको ठूलो बजारको रुपमा नेपाली उपभोक्ताले थप लाभ लिनसक्ने ठाउँहरु कति छ? 

नेपाल र भारतको सम्बन्धमा एकपक्षीय फाइदाको मात्र कुरै छैन। यसमा दुवै पक्षले लाभ पाएका छन्। भारतले पनि नेपालबाट राम्रै अंकको रेमिट्यान्स भित्र्याइरहेको छ। यसबाहेक नेपाल उसको विश्वासीलो बजार पनि हो। 

कृषिमा भारतले नेपाललाई गर्नसक्ने नतिजामूलक सहयोग कस्तो होला? तर यी बिषयमा नेताहरु मौन हुन्छन्। बहसमा प्रवेश गर्नै चाहन्नन्। विगतमा भएका सन्धि, सम्झौता न्यायपूर्ण छन् वा छैनन्? यस बिषयमा गहन बहस भएकै छैन। भएका सम्झौताहरुको कार्यान्वयन भारतले किन ढिलो गर्दैछ? यसमा प्रवेश गर्न हाम्रो सदन र सरकार आवश्यक ठान्दैन।  किन? किनभने नेपाली नेताहरु घरेलु मतदाताको अगाडि उग्रवादी देखिए पनि अन्तर्राष्ट्रिय तहमा हिनताको मनोग्रन्थीबाट ग्रसित छन्। 

नेपाल र भारतको सम्बन्धमा एकपक्षीय फाइदाको मात्र कुरै छैन। यसमा दुवै पक्षले लाभ पाएका छन्। भारतले पनि नेपालबाट राम्रै अंकको रेमिट्यान्स भित्र्याइरहेको छ। यसबाहेक नेपाल उसको विश्वासीलो बजार पनि हो। पारस्परिक लाभ लिइरहेका दुई देशबीचको सम्बन्धको सन्दर्भमा नेपाली नेताहरुले डटेर कुरा गर्न नसक्ने हीनभाव छाड्न जरुरी छ।

अब के?

जसरी भारतले नवनिर्मित संसद्‌मा राखेको मुरल उसको पोलिटिकल म्याप होइन त्यसैगरी काठमाडौंका युवा तथा उर्जाशील मेयरले आफ्नो कार्यकक्षमा राखेको ग्रेटर नेपालको नक्सा पनि पोलिटिकल म्याप होइन। यो भारतीय पक्षबाट सुरु भएको क्रियाको प्रतिक्रिया हो। गगन थापाले संसद्‌मा राखेको बिषय पनि सांस्कृतिक नक्साकै बिषय हो। यी बिषयहरुलाई लिएर बालेन वा गगनको अतिआलोचना पनि आवश्यक छैन। 

यत्ति नै जिम्मेवारी यी नेताहरुबाट पनि हुन आवश्यक छ। छुल्याहापनको जवाफमा थप छुल्याहा कार्य गर्न नागरिक तहमा उकास्ने काम जिम्मेवार तहमा बसेकाहरुले गर्न हुन्न। 

छुल्याहापनको जवाफमा थप छुल्याहा कार्य गर्न नागरिक तहमा उकास्ने काम जिम्मेवार तहमा बसेकाहरुले गर्न हुन्न। 

भविष्यको कुनै कालखण्डमा भारतभित्रैका विवेकी र न्यायमा विश्वास गर्ने नेता तथा कार्यकर्ताहरुले नै अहिलेको सत्ताको सोच र कार्यहरु सच्याउने हिम्मत गर्लान्। यसले भारतलाई नै फाइदा पुग्छ। दक्षिण एसियाली भूमिमा जति विश्वास जित्नसक्छ, विश्वमञ्चमा भारत त्यति नै शक्तिशाली हुन्छ। सबैलाई चिढ्याएर त्यो सम्भावना रहन्न।

तत्कालको लागि नेपाल सरकारको तहमा पनि चुपचाप बस्नु वा मौनताको रणनीति अख्तियार गर्नु हितकर देखिन्न। कम्तीमा सरकारले यस बिषयमा चासो राख्नुपर्छ। नेपालले छिमेकी चिढ्याउने भारतीय सत्ताको हर्कतलाई कुनै न कुनै रुपमा औपचारिक तहको विमति दर्ज गरिराख्नुपर्छ। यस कार्यले तत्कालको लागि भारत रिसाउला भन्ने भन्दा पनि दीर्घकालीन रुपमा दुई देशको जनस्तरमा सम्बन्ध सुदृढ बनाउन सहयोग नै पुग्छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments