Thursday, April 25, 2024
Homeराष्ट्रीयसरकार टिकाउन रेशम चौधरीलाई आममाफी दिइयो : शेखर कोइराला

सरकार टिकाउन रेशम चौधरीलाई आममाफी दिइयो : शेखर कोइराला

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकार टिकाउन टीकापुर काण्डका आरोपी रेशम चौधरीलाई आममाफी दिइएको बताएका छन्।

आज शनिबार नेपाली कांग्रेस भक्तपुरको कार्यक्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता टिकाउनका लागि अदालतको आदेशविपरीत चौधरीलाई आममाफी दिएको बताएका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलमार्फत् तीनवटै अदालतको आदेशको विपरीत आममाफी दिइनुले लोकतन्त्र कमजोर बनाएको उनले बताए।

अदालत उच्च अदालत, जिल्ला अदालत, सर्वोच्च अदालतले गरेको निर्णयलाई राष्ट्रपतिजीले त्यो मसी सुक्न नपाउँदै माफी दिनुभयो,’ उनले भने, सरकार टिकाउनका लागि यी कुराहरु गर्दा लोकतन्त्र कमजोर हुन्छ भन्ने कुरा पनि हामीले बुझ्न जरुरी हुन्छ ।’

 

window.fbAsyncInit = function() {
FB.init({
appId : ‘771486886283999’,
xfbml : true,
version : ‘v2.4’
});
};

(function(d, s, id){
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {return;}
js = d.createElement(s); js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments