Saturday, April 27, 2024
Homeराष्ट्रीयपार्टी बचाउन सभापति देउवाले नेतृत्व हस्तान्तरण गर्नुपर्छः गगन

पार्टी बचाउन सभापति देउवाले नेतृत्व हस्तान्तरण गर्नुपर्छः गगन

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी बचाउनका लागि शेरबहादुर देउवाले सभापति पद त्याग्नुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

पार्टीको हितका लागि छिटोभन्दा छिटो सभापतिले नेपाली कांग्रेसको नेतृत्व हस्तान्तरण गर्नुपर्ने महामन्त्री थापाले बताए ।

अहिलेको संसद्‌को पाँच वर्षे कार्यकालमा कांग्रेसको नेतृत्वमा एकपटक सरकार बन्ने हुँदा देशको प्रधानमन्त्रीका लागि पनि सभापति देउवाले विकल्प दिनुपर्ने थापाको भनाइ छ ।

‘पार्टीभित्र नेतृत्व परिवर्तन भयो भने अहिले आएका चुनौतीबाट पार पाउन सकिन्छ’ उनले भने, ‘नभए चुनौतीले थिचिने भएकाले नेतृत्व परिवर्तन आवश्यक छ ।’

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments