Monday, May 20, 2024
Homeआर्थिकअथाह सम्भावना भएको आईटी क्षेत्रलाई बजेटले बेवास्ता गर्‍यो : सांसद वाग्ले

अथाह सम्भावना भएको आईटी क्षेत्रलाई बजेटले बेवास्ता गर्‍यो : सांसद वाग्ले

<!—->

<!—->

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले अहिलेको बजेटले अथाह सम्भावना भएको आईटी क्षेत्रलाई बेवास्ता गरेको बताएका छन्।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै वाग्लेले वर्तमान सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटले अथाह सम्भावना भएको आईटी क्षेत्रलाई बेवास्ता गरेको बताएका हुन्। 

उनले नेपालको अथाह सम्भावना भएको भनिएको पर्यटन क्षेत्रभन्दा पनि ठूलो सम्भावना आईटी क्षेत्रमा रहेको दाबी गरे। उनले सरकारले बजेट आईटी क्षेत्र प्राथमिकता दिनसके मात्रै पनि आईटी क्षेत्रले मुलुकलाई समृद्ध बनाउन सक्ने बताए। 

सरकारले आईटी क्षेत्रले मुलुकलाई समृद्ध बनाउने बाटोतर्फ लैजाने बजेटमार्फत् कुनै सोच विचार नगरेको दाबी गरे। सांसद वाग्लेले नेपालमा आईटी क्षेत्रको सम्भावना र विदेशको काम गर्ने नेपाली कति छन् भन्ने अध्ययन अहिलेसम्म नगरेको बताए। 

उनले निजी क्षेत्रबाट भएको अध्ययनको प्रारम्भिक तथ्यांकहरू सुन्दा नेपालको आर्थिक ‘लेन्डस्किप’मा नै सानोतिनो भूकम्प ल्याउने अनुमान गर्न सकिने उल्लेख गरे। उनले नयाँ रूपान्तरणकारी सेक्टरमा सरकारले झारा टार्ने गरी डिजिटल अर्थतन्त्र अपनाइने छ भन्ने भाषामा मात्रै खुम्चिएको आरोप लगाए।

nimb
nimb

आईटी क्षेत्रमा जुन रूपान्तरणकारी सम्भावना छ त्यसलाई अहिलेसम्म सरकारले सम्बोधन गर्न नसकेको उनको भनाइ छ। उनले निजी क्षेत्रले निकालेको आँकडाअनुसार करिब सात हजार ६३७ वटा आईटी कम्पनीहरू कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता रहेको जानकारी गराए। 

उनले करिब सात हजार जतिले ट्याक्स तिर्ने गरेको भन्दै १०६ वटा एक्स्पोर्ट ओरेन्टेड आईटी एक्सपोर्टर रहेको बताए। उनले फ्री लेन्सर भएर कोठामै बसेर काम गर्नेहरू ६६ हजार ५०९ रहेको बताए। यसरी काम गर्नेहरुको औसत आम्दानी लगभग चार हजार ७२३ डलर रहेको भन्दै प्रतिवर्ष पाँचहजार डलर आम्दानी गरिरहेको बताए। 

अहिले युद्ध भइरहेको युक्रेन मुलुकको वार्षिक औसत प्रतिव्यक्ति आय पाँच हजार डलरकै हाराहारीमा रहेको उनको भनाइ छ। आईटी क्षेत्रमा सुरुवात लेबलमा नै करिब ३ हजार, मध्यम लेबलमा ६ हजार ३९५ र सिनियर लेबलकाहरूले नेपालमा नै बसीबसी १५ हजार ३२२ डलर आम्दानी गर्ने गरेको उनले दाबी गरे। 

उनले १५ हजार ३२२ प्रतिव्यक्ति आय रूस, चीन र मलेसियाको प्रतिव्यक्ति आयभन्दामाथि भएको दाबी गरे। सांसद वाग्लेले यति डाइनामिक सेक्टर नेपालमा रहेको दाबी गरे। चिया खाएर कुनामा बसेर काम गरिरहेको मान्छेले दुनियाँको बिग इकोनोमीसँग काम गरिरहेको उनको भनाइ थियो। 

अहिले करिब ५१५ मिलियन डलरको आम्दानी नेपालमा बसेर वार्षिक रुपमा गराइरहेको उनले बताए। कम्पनीगत हिसाबले २०१  र फ्रि लेन्सरहरुबाट करिब ३१४ मिलियन रहेको उनले जानकारी दिए। 

गतवर्ष पर्यटनबाट आयको ४६ खर्ब आम्दानी भएकोमा आईटीबाट मात्रै ६० अर्ब आएको बताए। उनले यस्तो क्षेत्रलाई सरकारले कुनै पनि शीर्षकमा प्राथमिकता नदिएको भन्दै चिन्ता व्यक्त गरे। आईटी क्षेत्रमा २०१९ साल देखिको ऐनलाई नै टेकेर काम गरिरहेको बताए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments