Monday, May 20, 2024
Homeआर्थिककाठमाडौं महानगरको वार्षिक नीति तथा कार्यक्रम नगर सभामा पेस

काठमाडौं महानगरको वार्षिक नीति तथा कार्यक्रम नगर सभामा पेस

<!—->

<!—->

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले नगर सभाको १३ औं अधिवेशनमा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम पेस गरेका छन्। 

अधिवेशनको पहिलो बैठकमा प्रमुख शाहले, चालु आर्थिक वर्षका कार्यक्रमलाई ५२ बुँदामा समीक्षा गरेका छन्। संरचनागत, नीतिगत, प्रशानिक, कानुनी अभ्यास महानगरको दिगो विकास र व्यवस्थापन सु–व्यवस्थापन र सुशासन लगायत विधा प्रगति भएको उनले बताए। 

शिक्षामा सिप, स्थानीय भाषाको पठनपाठनलाई निरन्तरता, १२३ रोपनी सार्वजनिक जग्गा संरक्षण, २५ वटा पार्क निर्माण, १ हजार ७०० सडक बत्ति जडान, १ हजार ५ सय मिटर पैदल मार्ग निर्माण, ४२ किलोमिटर सडक कालोपत्रे गर्ने लगायत काम चालू आर्थिक वर्षका प्रगति हुन्।

३० ट्रक अव्यवस्थित तार व्यवस्थापन भयो। ३० हजार ४०७ जनालाई कल सेन्टरमार्फत् गुनासो टिपिएकोमा १ हजार ६५२ जनाको गुनासो समाधान भएको छ। ७ हजार ६ सय व्यक्तिलाई निःशुल्क कानुनी परामर्श दिइएको छ।

स्वास्थ्य र शिक्षालाई पहुँचयुक्त बनाउन प्रचलित कानुनलाई कार्यान्वयन गराएर लक्षित वर्गमा सेवा लगिएको, विद्युतीय नक्सा पास प्रणालीलाई डिजिटल सिग्नेचरसहित पूर्ण अनलाइन गरिएको, राजस्व भुक्तानी प्रणालीलाई प्रयोगकर्तामैत्री बनाइएको छ।

nimb
nimb

प्रमुख शाहले चालू आर्थिक वर्षका नीतिाका विषयमा भने,  ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ दीर्घकालीन सोच हो। यसमा आधारित रहेर सहरी विकास, सुरक्षा र व्यवस्थाका योजना तयार पारिएका छन्। एक वडा एक पार्क र एक खेल मैदान, सफा, स्वच्छ, सुन्दर, धुलोरहित महानगर, सुलभ फार्मेसी, स्वास्थ्य प्रवर्द्धन केन्द्रको स्थापना र सञ्चालन लगायत विषय छन्। कम्तिमा ५ हजार नयाँ रोजगारीको सिर्जना, अर्गानिक खाद्य तथा तरकारीका आत्म निर्भर बनाउन सहयोग, सबै सडक कालोपत्रे गर्ने, खाल्टाखुल्टीरहित बनाउने, कम्तिमा एक लाख विरुवा रोप्ने कार्यक्रम नीतिमा समेटिएका छन्।’       

वन स्टप सर्भिस सेन्टरमा आधारित यातायात प्रणाली सञ्चालन गर्ने, परम्परागत खाद्य तथा पेय पदार्थको ब्राण्डिङ गरेर निर्यात गर्ने, अधिकतम जनसंख्या लाभान्वित हुने ३ वर्षभित्र निर्माण सम्पन्न हुने १० वटा महानगर गौरवका योजना सञ्चालन गर्ने, सहरी सेवा, सुविधा र सहरी शासनका सवाललाई दिगो बनाउन महानगर स्वर्णिम योजना सञ्चालन गर्ने नीतिका मुख्य विषय हुन्।

सभामा शिक्षा, स्वास्थ्य, पूर्वाधार, संस्कृति, सम्पदा तथा पर्यटन, वातावरण व्यवस्थापन, संस्थागत विकास तथा सुशासन, राजस्व तता वित्त व्यवस्थापन, सहरी यातायात, कानुन तथा मानव अधिकार, कृषि तथा पशुपक्षी, सामाजिक विकास, खेलकुद, सहकारी, अन्तर्राष्ट्रिय सम्बन्ध, विपद् व्यवस्थापन, सहरी विकास तथा भवन मापदण्ड, सार्वजनिक निजी साझेदारी, सूचना तथा प्रविधि, हरियाली प्रवर्द्धन आयोजना, सहरी योजना आयोग सम्बन्धी कार्यनीति पेस भएका छन्।

‘गरिखाने शिक्षा, महानगरको इच्छा’, ‘एक विद्यालय एक नर्स’, ‘एक विद्यालय एक सामाजिक सहजकर्ता’, ‘सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा’, ‘सुलभ फार्मेसी’, ‘धुलोरहित काठमाडौं’, ‘सुन्दर महानगर’, ‘उज्यालो सहर, मेरो महानगर’ यस वर्षको कार्यनीतिमा समेटिएका छन्। यस्तै ‘संस्कृति, सम्पदा र पर्यटन, महानगरको धन’, ‘न्याय चौतारी’, ‘एग्रोपुलिङ्’, ‘साथी महानगर’, ‘एक टोल, एक खेलकुद पूर्वाधार’, ‘डुबान समाधान’, ‘सुशासनका लागि अनलाइन सेवा’, ‘महानगरले देख्छ’, ‘मेरो रहर, हरित सहर’, ‘मिसन २१००’ कार्य नीति छन्।

बुधबारको सभामा पेस भएको समीक्षा, आगामी वर्षको नीति कार्यक्रम तथा कार्यनीतिका विषयमा असार ८ गते बोलाइएको १३ औं अधिवेशनको दोस्रो बैठकमा नगर सभाका सदस्यहरुले धारणा राख्ने कार्यक्रम छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments