Friday, May 17, 2024
Homeआर्थिकचलचित्र संघले ‘आदिपुरुष’बाहेकका विदेशी फिल्म प्रदर्शन गर्ने

चलचित्र संघले ‘आदिपुरुष’बाहेकका विदेशी फिल्म प्रदर्शन गर्ने

<!—->

<!—->

काठमाडौं– नेपाल चलचित्र संघले ‘आदिपुरुष’बाहेक नेपालमा अन्य विदेशी फिल्महरू प्रदर्शन गर्ने भएको छ।

उच्च अदालत पाटनले हिन्दी चलचित्र प्रदर्शनका लागि बाधा नगर्न अन्तरिम आदेश जारी गरेपछि ‘आदिपुरुष’बाहेक अन्य विदेशी चलचित्र सञ्चालन गर्ने संघले विज्ञप्ति मार्फत् जानकारी दिएको छ।

nimb
nimb

संघका महासचिव नरेन्द्र महर्जनले जारी गरेका विज्ञप्तिमा लेखिएको छ, ‘नेपालको कानूनको अधीनमा रही स्वतन्त्र्र रुपमा व्यवसाय गर्न पाउनु हाम्रो नैसर्गिक अधिकार हो। राष्ट्र र राष्ट्रियताभन्दा माथि कोही पनि छैन…।’

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले हिन्दी फिल्म ‘आदिपुरुष’को प्रदर्शन रोकेपछि नेपाल चलचित्र संघले उच्च अदालतमा बालेनविरुद्ध रिट दर्ता गरेको थियो।

अदालतको अन्तरिम आदेशलाई बालेनले अस्वीकार गर्ने बताएका थिए।   

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments