Friday, May 17, 2024
Homeआर्थिकप्रधानमन्त्री प्रचण्डले सत्तारुढभित्रै अर्को गठबन्धन जन्माउनु कुर्सी टिकाउने खेल : रवि लामिछाने

प्रधानमन्त्री प्रचण्डले सत्तारुढभित्रै अर्को गठबन्धन जन्माउनु कुर्सी टिकाउने खेल : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको पद खुस्किन्छ कि भनेर जोगाउने रणनीतिमा लागेको दाबी गरेका छन्।

उनले सत्ता टिकाउनकै लागि प्रधानमन्त्री प्रचण्डले सत्तारुढ दलभित्रै अर्को गठबन्धन बनाएको बताएका हुन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रपति कार्यालय, गृह मन्त्रालय, रक्ष, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, राष्ट्रिय योजना आयोगको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्ड जनतालाई राहत दिने, मुलुकको महत्त्वपूर्ण मुद्दामा केन्द्रित हुनुको साटो सत्ता टिकाउने खेलमा अल्मलिएको आरोप लगाए।

सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई कमजोर बनाउँदै लगेको, भारत भ्रमणलाई ठूलो उपलब्धिको रुपमा चित्रण गर्ने प्रयास गरेको र सत्तालाई सर्वोपरि ठानेर बचाउने खेलमा लागेको दाबी उनको छ।

राज्यसंयन्त्रले राम्रोसँग काम गर्न नसकेपछि रास्वपाले नक्कली भुटानी शरणार्थी प्रकरण छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरे पनि सरकारले बेवास्ता गरेको आरोप उनले लगाए।

window.fbAsyncInit = function() {
FB.init({
appId : ‘771486886283999’,
xfbml : true,
version : ‘v2.4’
});
};

(function(d, s, id){
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {return;}
js = d.createElement(s); js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments