Friday, May 17, 2024
Homeआर्थिकरवि लामिछानेको आरोपः प्रधानमन्त्री सत्ता टिकाउने काममा अल्झिनुभयो

रवि लामिछानेको आरोपः प्रधानमन्त्री सत्ता टिकाउने काममा अल्झिनुभयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता टिकाउन मात्रै अलमलिएको टिप्पणी गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रपति कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, राष्ट्रिय योजना आयोगको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले प्रधानमन्त्री दाहाल जनतालाई राहत दिने र मुलुकको महत्वपूर्ण मुद्दामा केन्द्रित नभएर सत्ता टिकाउने काममा अल्मलिएको आरोप लगाए ।

‘सरकार जनतालाई राहत दिने, मुलुकका महत्वपूर्ण मुद्दाहरुमा केन्द्रित रहने भन्दा पनि सरकारले आफूलाई टिकाउनुपर्ने जिम्मेवारी बढी भएका कारणले सरकार कता–कता अलमलिएको हो कि ? भन्ने कुरा म सम्माननीय सभामुख महोदयमार्फत् सदनलाई जानकारी गराउन चाहन्छु । नक्कली भुटानी शरणार्थी प्रकरणकै विषयलाई लिएर मैले यही सदनमा हाम्रो दलको तर्फबाट विशेष समितिको माग गरेका थियौं । कारण के थियो भने–जुन ढंगले यसको इन्भेस्टिगेसन भइरहेको थियो त्यहाँ इन्भेस्टिगेसन गर्ने इन्टिच्यूटहरुको बारेमा प्रश्नहरु आए । अनेक कुराहरु आए । तर, त्यस विषयमा छानबिन अगाडि बढ्न सकेन । र अहिले जुन ढंगले छानबिन सकिएको त छैन । तर, जुन परिणामहरु आइरहेको छ त्यसले हाम्रा प्रश्नहरुको उत्तर नै दिन सकेन,’ लामिछानेले भने ।

सत्ता टिकाउनकै लागि प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दलभित्रै अर्को गठबन्धन बनाउनुपरेको, नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई कमजोर बनाउँदै लगेको, भारत भ्रमणलाई ठूलो उपलब्धिको रुपमा चित्रण गर्न प्रयास गरेको लामिछानेको आरोप थियो

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments