Monday, October 2, 2023
Homeआर्थिकप्रधानमन्त्रीले भारतीय नागरिक सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिनुभयो : राजेन्द्र लिङ्देन

प्रधानमन्त्रीले भारतीय नागरिक सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिनुभयो : राजेन्द्र लिङ्देन

<!—->

<!—->

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय नागरिक प्रितम सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिएको टिप्पणी गरेका छन्।

प्रधानमन्त्री दाहालले आफू सत्तामा टिकिरहनका लागि सिंहबारे दिएको अभिव्यक्तिले मुलुकको भूराजनीतिक अवस्था झनै गम्भीर बनाएको जिकिर उनले गरे।

शुक्रबार काठमाडौंमा आयोजित ‘नेपालको भू–राजनीति तथा सामरिक चुनौतिहरु’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङ्देनले प्रधानमन्त्री दाहालले अघिल्लो पटक प्रधानमन्त्री बन्दा पनि छिमेकीका लागि कम्फटेवल सरकार बनाउनुपर्ने धारणा राखेर विदेशलाई खुशी बनाउन खोजेको आरोप लगाए।

nimb
nimb

नेताहरुले विदेशीको सेवा गरेर मात्रै सत्तामा टिकिरहन सकिन्छ भन्ने मनोदशाका कारण मुलुकको भूराजनीतिक परिस्थिति पेचिलो भन्दै गएको उनको दाबी थियो।

अध्यक्ष लिङ्देनले नेपालले भारत र चीनलाई मात्रै नभएर अमेरिकासँग पनि बराबरीको सम्बन्ध बनाएर लैजानुपर्नेमा त्यस विपरीतका काम प्रधानमन्त्री दाहालबाट भएको बताए।

‘हाम्रो नेताहरु विदेशीको सेवा गरेर मात्रै, विदेशीहरुको साथ र समर्थन पाएर मात्रै सत्तामा बस्न सकिन्छ, सत्तामा रहन सकिन्छ भन्ने मनोदशाबाट प्रेरित हुँदै गएको अवस्था छ। त्यसरी नै हाम्रो भू राजनीतिक परिस्थिति पनि अत्यन्तै पेचिलो बन्दै गएको छ। अहिले अझै हाम्रो लागि सकसपूर्ण परिस्थिति बन्दै गएको छ। हिजो उत्तर र दक्षिणको कुरा मात्रै थियो,’ उनले भने,  ‘ दक्षिण र पश्चिमको विशेष सम्बन्ध यी सबैलाई सन्तुलनमा राखेर, सबैसँग बराबरीको सम्बन्ध राखेर, सबैलाई आश्वस्त बनाएर देशलाई अगाडि लैजानुपर्नेमा, देशलाई सबै हिसावले परनिर्भर बनाउने र कसेको आडमा सत्तामा टिकिरहने जुन संस्कृतिको विकास भएको छ। त्यसले अहिले नेपाल गम्भिर भूराजनीतिको चपेटामा परेको अनुभूति गर्न सक्छौं। यो खतरा एउटा र उसको सत्ताका लागि होइन। सिंगै राष्ट्रको लागि हो।’

अध्यक्ष लिङ्देनले नेपाली सेनाको संख्या कटौती गर्न नहुने पार्टीको अडान रहेको पनि बताए। मुलुकको राष्ट्रिय एकता कमजोर भइरहेका बेला नेपाली सेनाको संख्या कटौती गर्नुपर्छ भन्ने प्रस्ताव आउनु राम्रो नभएको उनको भनाइ थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments