Monday, October 2, 2023
Homeआर्थिकबालेन र मेरो जनताका पक्षमा काम गर्ने सोच समान : गृहमन्त्री श्रेष्ठ

बालेन र मेरो जनताका पक्षमा काम गर्ने सोच समान : गृहमन्त्री श्रेष्ठ

<!—->

<!—->

काठमाडौं- उपप्रधानमन्त्री एव‌ं गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र आफ्नो काम गर्ने सोच समान रहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गृहमन्त्री श्रेष्ठले उक्त अभिव्यक्ति दिएका हुन्।

मन्त्री श्रेष्ठले शनिबार बालेन र आफूले सँगै खाना खाएको र खाना खाँदै देश र जनताका मुद्दामा छलफल गर्दा परिणाममुखी काम गर्ने सोच दुवै जनाको समान रहेको उल्लेख गरेका छन्। उनले मेयर र आफूबीच छलफललाई निरन्तरता दिने समझदारी बनेको समेत बताएका छन्।

nimb
nimb

मन्त्री श्रेष्ठले लेखेका छन्, ‘हिजो काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँग सँगै खाना खाँदै देश र जनताका मुद्दाहरुमा महत्वपूर्ण छलफल भयो। उहाँको टीमका केही प्रतिभाशाली साथीहरु पनि सहभागी हुनुहुन्थ्यो। छलफललाई निरन्तरता दिने समझदारी बनेको छ। देश र जनताका पक्षमा मिलेर परिणाममुखी काम गर्ने हाम्रो समान सोच रह्यो।’

IME
IME

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments