Monday, October 2, 2023
Homeआर्थिकआगामी बैठकमा मिटरब्याज विधेयक नल्याए सदन चल्न दिदैँनौ : सभापति लामिछाने

आगामी बैठकमा मिटरब्याज विधेयक नल्याए सदन चल्न दिदैँनौ : सभापति लामिछाने

काठमाडौं, २९ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी प्रतिनिधिसभाको बैठकमा मिटरब्याज सम्बन्धीको विधेयक नल्याए सदन चल्न नदिने चेतावनी दिएका हुन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सभापति लामिछाने अन्य पार्टीहरूले सदन अवरोध गर्दा आफूहरू मिटरब्याज पीडितको विरूद्धमा गएको आरोप लागेको र त्यो आरोप खण्डन गर्न आगामी बैठकमा मिटरब्याज सम्बन्धीको विधेयक ल्याउन माग गरेका हुन्।

उनले भने, ‘आगामी बैठकमा मिटरब्याज सम्बन्धी विधेयक राखिएन भने राष्ट्रिय स्वतन्त्र पार्टी सदन चल्न नदिने पक्षमा उभिने छ। यसपछि बस्ने बैठकमा यदि कार्यसूचीमा मिटरब्याज पीडितहरूको पक्षमा ल्याउन खोजिएको विधेयकलाई ल्याइएन भने पूर्व सूचना गरिरहेका छौं कि सदन चल्न सक्दैन। जनतालाई रुवाएर त्यसबारे मौन बसेर सदन चल्न सक्दैन।’

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = “//connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.10&appId=401514826619301”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments