Sunday, October 1, 2023
Homeआर्थिकसंयमित र मर्यादित भएर आचोलना गर्दिनुहोस्, सच्चिन तयार छौं: रवि लामिछाने

संयमित र मर्यादित भएर आचोलना गर्दिनुहोस्, सच्चिन तयार छौं: रवि लामिछाने

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीबारे टिप्पणी र आलोचना गर्दा सबैलाई संयमित, मर्यादित र अनुशासित हुन आग्रह गर्नुभएको छ।

बूढानीलकण्ठ नगरपालिकामा आज आयोजित रास्वपाको नगर भेलामा सभापति लामिछानेले पार्टी पङ्क्तिलाई संयमित, शिष्ट र अनुशासित बन्न आह्वान गर्दै आलोचकलाई समेत संयमित र मर्यादित भएर आलोचना गर्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “हामी गाली र आलोचना ग्रहण गर्न तयार छौँ, सप्रिने र सच्चिने यसरी नै हो। तर मर्यादित र अनुशासित भएर टिप्पणी गर्दिनुहोस्।”

सभापति लामिछानेले रास्वपाका सांसद तथा नेताका अभिव्यक्तिको गलत व्याख्या नगर्न सञ्चारकर्मीसँग आग्रह गर्नुभयो । रास्वपा अन्य राजनीतिक दलको प्रभावमा नपरेको उल्लेख गर्दै  उहाँले जनताको मुद्दामा निःस्वार्थ र निःसर्त रुपमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

“सरकारले भ्रष्टाचार विरोधी फाइल खोल्ने काम सुरु गरेको छ। फाइल खोल्ने काम सरकार र सत्ता टिकाउने खेल मात्र नबनोस्”, सभापति लामिछानेले भन्नुभयो, “हरेक कालखण्डमा भएका भ्रष्टाचारका मुद्दा सक्न सरकार तयार भए रास्वपाले साथ दिन्छ।”

(function (d, s, id) {
var js,
fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id))
return;
js = d.createElement(s);
js.id = id;
js.src = “//connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.10&appId=40151482661930” +
“1”;
fjs
.parentNode
.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments