काठमाडौँ । मंगलबारबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबारका लागि सकिएको छ । बैठक बुधबार ११ बजे पुनः बस्ने छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको मंगलबारको बैठकमा पार्टीका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू आनन्द ढुंगाना, रमेश लेखक, गोपालमान श्रेष्ठ लगायतले आफ्नो लिखित प्रतिवेदनसहित आफ्ना धारणा राखेका छन् ।
महामन्त्री गगन थापाको सांगठनिक प्रतिवेदनमा उनले पार्टी सदस्यता ७ लाख थप गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
बुधबार बिहान ११ बजे बैठक बस्ने भएकोले उपस्थित हुन सभापति शेरबहादुर देउवाले सबै केन्द्रीय सदस्यलाई आह्वान गरेका छन् ।
window.fbAsyncInit = function() {
FB.init({
appId : ‘771486886283999’,
xfbml : true,
version : ‘v2.4’
});
};
(function(d, s, id){
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {return;}
js = d.createElement(s); js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));