Sunday, October 1, 2023
Homeआर्थिकगगन थापाले थाले विज्ञ र सरोकारवालाहरुसँग छलफल

गगन थापाले थाले विज्ञ र सरोकारवालाहरुसँग छलफल

काठमाडौं, २ साउन । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले विज्ञ र सरोकारवालाहरुसँग छलफल थालेका छन् ।

थापाले पछिल्ला दिनमा आफूहरुले संसदमा कुनै पनि विधेयक आइसकेपछि, विधेयकको विविध पक्षमा कांग्रेस संसदीय दलमा विज्ञ र सरोकारवालाहरूसँग छलफलको अभ्यास गरेको उल्लेख गरेका छन् ।

आज (मंगलबार) भने नेपाल विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संसदीय दलमा विश्वविद्यालयका परिकल्पनाकारलगायत शिक्षा क्षेत्रका विज्ञहरूसँग छलफल गरेको थापाको भनाई छ ।

सोबारे उनले भिडिओ सन्देशपनि जारी गरेका छन् । आजको छलफलमा भने शिक्षाविद्हरु प्रा. डा. विद्यानाथ कोइराला, प्रा. डा. अर्जुन कार्कीलगायतले सुझाव दिएका थिए ।

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = “//connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.10&appId=401514826619301”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments