
काठमाडौं, १९ श्रावण । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालक्षित टिप्पणी गरेका छन्।
शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले एक क्विन्टल सुन प्रकरणमा उपाध्यक्ष महराको नामपनि जोडिएको भन्दै उनीमाथि पनि अनुसन्धान हुनुपर्ने माग गरेका छन्।
उनले भने, ‘उहाँको टेलिफोन नम्बरबाट बारम्बार फोन गएको भन्ने कुराहरू अन्य अनुसन्धानले देखाएका छन्। फेरि उहाँले त्यो मोबाइल नै मेरो हैन भन्नुभएको छ। प्रधानमन्त्रीकै दलको नेता, प्रधानमन्त्री मातहतकै राजस्व अनुसन्धान, त्यसको प्रमुख पनि केही समय अघि प्रधानमन्त्रीज्यूकै सल्लाहकार स्वकीयकै रूपमा हुनुहुन्थ्यो। उहाँ निर्दोष हो भन्ने आधार त अनुसन्धानले नै देला। यदि त्यो मोबाइल उहाँको हो रहेछ भने त्यो मोबाइलमा भएका कुराकानी, सयौँ पटक भएका वार्ताको स्वामित्व जसको हो त्यसले त लिनुपर्ला।’
उनले त्यो मोबाइलको अनुसन्धान गर्न पनि यति धेरै टाउको दुखाउनुपर्छ र भन्दै प्रश्नसमेत गरेका छन्।
(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = “//connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.10&appId=401514826619301”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));