Saturday, April 27, 2024
Homeआर्थिकसंसद्‌मा फरक देखिन खोजिरहेको रास्वपा, तर सभामुख ‘एमालेकै छाया’ बनाउन खोज्छन्? 

संसद्‌मा फरक देखिन खोजिरहेको रास्वपा, तर सभामुख ‘एमालेकै छाया’ बनाउन खोज्छन्? 

<!—->

<!—->

काठमाडौं– ‘हामी आफ्ना मुद्दाहरु राख्न चाहन्थ्यौँ। हामी जनताका मुद्दाहरु राख्न चाहन्छौँ। हामीले उठान गर्नुपर्ने विषयहरु धेरै छन्,’ एमालेको निरन्तरको संसद् अवरोधपछि रास्वपा सभापतिले दिग्दार भावमा सोमबार संचारकर्मी सामु भने।  १ क्विन्टल भनिएको करिब ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने मागसहित एमालेले साउन १० गते यता संसद् चल्न दिएको छैन। 

एमाले आफ्नो अडानबाट पछि नहट्ने, सत्तापक्ष उसको मागलाई स्विकार नगर्ने भएपछि संसद्ले त्यसको असर भोगिरहेको छ। र ‘नयाँ शक्ति’ भनिएको रास्वपा सत्ता र प्रमुख प्रतिपक्षीभन्दा अलग देखिने प्रयासमा छ। तर एमाले, रास्वपा र राप्रपा लगायत सबै प्रतिपक्षीहरु एकै हुन् भन्ने ‘आमधारणा’लाई चिर्न भने उसलाई हम्मे परेको छ। 

‘सभामुखको क्रियाकलापले सदन हाइज्याक भयो’
रास्वपा सोमबार भने अन्य प्रतिपक्षी भन्दा पनि सभामुखको भूमिकालाई लिएर आक्रामक देखियो। उसले सभामुखले सदन नै हाइज्याक गरेको गम्भीर आरोप लगायो। 

प्रतिनिधि सभाको सोमबारको बैठक १ बस्ने पूर्वसूचना थियो। तर बैठक करिब डेढ घण्टा ढिला गरी सुरु भयो। 

बैठक सुरु हुनेबित्तिकै एमाले सांसद जर्‍याकजुरुक उठे। सँगै कांग्रेस सांसद सुनिल शर्मा पनि उठेका थिए। सभामुखले कांग्रेस सांसद शर्मालाई समय दिएर अरुलाई बस्न आग्रह गरे। तर एमाले सांसदले होहल्ला गरेनन्, उठि भने रहे। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली शैक्षिक प्रमाणपत्रको प्रकरणमा पक्राउ गरे पनि अदालतको आदेशले छुटेका शर्माले आफूलाई गिरफ्तारी गरेकोमा प्रधानमन्त्रीले माफी माग्नु पर्ने र गृहमन्त्रीले राजीनामा दिनु पर्ने अन्यथा आमरण अनसन बस्ने घोषण गरे। सत्तापक्षीय सांसद, तर प्रतिपक्षकै मतसँग मिल्ने गरि शर्माले बोलेपछि एमाले सांसदले समर्थन गरे।  

Parliament_Birodh_UML_RSP1686060110.jpg

त्यसपछि सभामुखले एमालेका मानविर राईलाई बोल्ने समय दिए।  र अन्य सांसदहरुलाई क्रमैसँग बोल्न दिने बताए। तर राईले आफ्नो मन्तव्य नसक्दै सभामुखले शून्य समय प्रारम्भ भएको घोषणा गरे। लगत्तै, एमाले सांसदहरुले नारा लगाउन थाले भने रास्वपा सांसदहरुले टेबुल ठटाएर समय मागे। तर सभामुखले एमाले सांसदहरुलाई बस्न अग्रह गरिरहे भने एमाले सांसदहरु सुन प्रकरणमा छानबिन समिति गठन गर…भन्दै नारा लगाइ रहे। 

nimb
nimb

प्रतिपक्षी बेञ्चमा रहेको रास्वपाका सांसदहरु भने बोल्न पाउँ भन्दै हातले समय माग्दै, टेबल ठटाउँदै उभिए। माइक खोल्न र अफूहरू बोल्न पाउनु पर्ने भन्दै रास्वपा सांसदहरुले सभामुखलाई संकेत गरिरहे।

१४ सांसद सहितको अर्को प्रतिपक्षी राप्रपा भने शान्तसँग बसिरहेको थियो। 

कम्तीमा ८ मिनेटसम्म यसले निरन्तरता पाएपछि सभामुखले सोमबारको सबै कार्यसूची हटाएर अर्को बैठक भदौ ३ बस्ने भन्दै सोमबारको बैठक स्थगित गरे। 

लगत्तै रास्वपा सभापति रवि लामिछानेले संसद् भित्रैबाट सामजिक संजालमा लेखे ‘सदन हाइज्याक (कब्जा) भयो।’

Texas International College

Texas International College

सभामुखको भूमिकालाई लिएर आक्रोशित भएका लामिछानेले त्यसलाई थप स्पष्ट पार्दै सदन बाहिर आएर भने, ‘संसद् हाइज्याक गर्न पाँइदैन। दल छोडेर सदन छिरिसकेपछि त्यो सम्मानित कुर्सीमा बसिसकेपछि दलको बन्न पाँइदैन। त्यो व्यवहारले पनि पाँइदैन। क्रियाकलापले पनि पाँइदैन।’

लामिछानेले सुन प्रकरणमा आफूहरुलाई महत्त्वपूर्ण सूचनाहरु आएको र त्यसलाई सदनबाट भन्नु पर्ने भएकाले र जनताका समस्याका बारेमा सदन खुल्नै पर्ने, तर सभामुखको भूमिका सन्देहपूर्ण रहेको आरोप लगाए।

‘सुन प्रकरणमा केही महत्त्वपूर्ण सूचना थिए। जुन सदनमै भन्नु पर्ने हुन्छ। रेकर्डका लागि पनि,’ पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले भने, ‘र जनताका समस्यामा सरकारको ध्यान खिच्नै पर्ने कतिपय घटना थिए।’

संसद् बाहिर संसद् अभ्यासदेखि भत्ता नलिने घोषणा
यसअघि साउन २६ गते बसेको बैठक पनि एमालेकै अवरोधका कारण स्थगित भयो। उक्त दिन पनि बैठक सुरु हुने बित्तिकै एमालेले टेबुल ठोक्ये, बोल्ने समय पायो र छानबिन समिति गठन नभए सदन चल्न नदिने भन्दै वेल घेराउ गर्‍यो। 

रास्वपाले भने सदन नचलेको दिनको बैठक भत्ता नलिने र निर्वाध सदन चल्नु पर्ने भन्दै सभामुखको ध्यानाकर्षण गरायो। रास्वपाका सांसदहरुले सभामुखलाई भेटेरै त्यसका लागि पहल गर्न आग्रह गरे। 

त्यसअघि साउन २४ गते पनि एमालेले विरोध गर्दै वेल घेराउ गरेपछि बैठक स्थगित भएके थियो। रास्वपाले त्यो दिन संसद् भवन बाहिर आएर सदनको अभ्यास गर्‍यो। उसले अघिल्लो दिन गृहमन्त्रीले दिएको जवाफमा केही प्रतिक्रिया जनायो। गृहमन्त्री नारायणकाजी श्रेष्ठले साउन २३ गते सदनमा बोल्दै ३५ दिनको समय मागेका थिए। जसलाई रास्वपाले शंकाको सुविधा दिएको बताएको थियो।

RSP_MP_with_Speaker1691743692.jpg

उक्त दिन रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सदन अवरोध गर्ने को हो जनताले चिन्नु पर्ने बताएका थिए।  ‘कसका कारण संसद बन्द भएको हो जनताले आफैँ बुझ्नुहुनेछ,’ परियारले भनेका थिए।

साउन २३ गते भने बैठक केही लामो चल्यो। त्यसदिन गृहमन्त्रीको जवाफ सुन्न एमाले पनि तयार भयो। तर गृहमन्त्री बोलिसकेपछि भने आफूहरुलाई चित्त नबुझेको भन्दै छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने अडानमा एमाले फर्कियो। जुन अद्यापि छ। 

‘प्रतिपक्षी अब रास्वपा मात्र’
रास्वपाले सदनबाट आफू मात्र वैधानिक प्रतिपक्षी दल भनेर घोषणा गरेको छ। एमालेले संसदीय समितिको सभापति पाउन सत्ता पक्षसँग सौदाबाजी गरेको भन्दै अब एमाले सत्तापक्ष भएको उद्घोष गरेको थियो। एमालेले संसदीय समितिमध्ये ३ वटाको नेतृत्व पाउने भएको छ। 

‘राष्ट्रिय स्वतन्त्र पार्टी सैद्धान्तिक रुपमा प्रतिपक्षी हुन गयो,’ लामिछानेले भनेका थिए।

एमाले भने यसको खण्डन गर्छ। सो दलका सचेतक महेश बर्तौला प्रतिपक्षी बीच खेल्ने काम भएको बताउँछन्। 

ravi11692035905.jpg

‘सरकार प्रतिपक्षी बीचमा खेल्ने र जनतालाई भ्रम सिर्जना गर्ने ठाउँमा पुगेको छ,’ बर्तौला भन्छन्। तर रास्वपा भने संसद्‌बाट, सार्वजनिक मञ्चबाट स्पष्ट एमाले र आफूहरु एकै ठाउँमा राखेर हेर्न नहुने, तर सभामुखको भूमिकाले भने त्यस्तो देखिन गएको बताउँछ। 

‘हामीले हाम्रै ढङ्गले आफ्ना विरोधका आवाजहरू लिएका छौं। प्रतिपक्षी बेञ्चमा बसेर पनि हामीले जनताका मुद्दा आफ्नो ढङ्गले प्रस्तुत गरेका छौँ,’ सभामुखले आफूहरुलाई बोल्न नदिएको भन्दै सभापति लामिछाने भन्छन्,‘यस कारणले त्यो आवाजलाई दबाउनका लागि गरिएको हामीलाई आशंका छ।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments