Saturday, May 11, 2024
Homeआर्थिकराप्रपा अध्यक्ष लिङ्देन साउदी अरब प्रस्थान

राप्रपा अध्यक्ष लिङ्देन साउदी अरब प्रस्थान

<!—->

<!—->

काठमाडौं- राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन मंगलबार साउदी अरब प्रस्थान गरेका छन्। पार्टीसम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) साउदी अरब र पानस यूएईको निमन्त्रणामा उनी साउदी प्रस‍्थान गरेका हुन्।

उनी साउदी अरब र दुबईमा हुने विविध कार्यक्रममा सहभागी हुनेछन्। साउदी अरबमा लिङ्देनको प्रमुख शहरहरु जेद्दा, दमाम र रियादमा विभिन्न नेपाली संघसंस्था एवं नेपाली समुदायसंग भेटघाट एवं अन्तरक्रिया गर्ने, राजदूतावास र महावाणिज्यदूत कार्यालयका अधिकारीसँग छलफल गर्ने तथा प्रवासी नेपाली एकता समाज साउदी अरबद्वारा आयोजित विविध कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ।

nimb
nimb

यसैगरी यूएईको दुबईमा पनि विभिन्न नेपाली संघसंस्था एवं नेपाली समुदायसँग भेटघाट गर्ने, राजदूतावासका अधिकारीसँग छलफल गर्ने, नेपाली श्रमिकको अवस्थाबारे स्थलगत अवलोकन गर्ने र प्रवासी नेपाली समाज यूएईद्वारा आयोजित अधिवेशन घोषणा सभा तथा विविध कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको छ।

भ्रमण दलमा राप्रपा केन्द्रीय सदस्य एवं पार्टीको केन्द्रीय प्रवास विभाग प्रमुख आनन्द अधिकारी पनि सहभागी छन्। उनी भदौ १२ गते स्वदेश फर्किने कार्यक्रम रहेको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments