Sunday, May 5, 2024
Homeआर्थिकमोबाइल क्लिनिक सञ्चालनका लागि रवि लामिछानेले पाएनन् अनुमति

मोबाइल क्लिनिक सञ्चालनका लागि रवि लामिछानेले पाएनन् अनुमति

काठमाडौं, ९ भदौ । चितवनको कालिका नगरपालिकाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मोवाइल स्वास्थ्य क्लिनिक सञ्चालनको अनुमति दिन अस्वीकार गरेको छ ।

मोवाइल स्वास्थ्य क्लिनिक सञ्चालनका लागि कानुन नभएको भन्दै नगरले अनुमति दिन अस्विकार गरेको बताइएको छ । लामिछानेले यसअघि मोबाइल स्वास्थ्य क्लिनिक र महिलाका लागि निःशुल्क बस सेवा सञ्चालन गरेका थिए ।

उनको उक्त कार्यमा चौतर्फी आलोचना भएको थियो । स्थानीय निकायसँग समन्वय नै नगरी मोबाइल क्लिनिक र बस सेवा सञ्चालन गरेको भनेर लामिछानेको आलोचना भएपछि उनले प्रक्रिया थालेका थिए ।

चितवन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्यसमेत रहेका लामिछानेले मोवाइल क्लिनिक सञ्चालनका लागि नगरपालिका र नगर स्वास्थ्य शाखालाई पत्र लेखेका थिए । नगरपालिकाले मोवाइल क्लिनिक सञ्चालनका लागि प्रदेशसँग अनुमति लिन लामिछानेलाई आग्रह गरेको छ ।

 

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = “//connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.10&appId=401514826619301”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments