Sunday, May 5, 2024
Homeआर्थिकनयाँ नक्सामा नेपाली भू-भागलाई भारतको भनेर देखाएको भन्दै मेयर बालेनले गरे चीन...

नयाँ नक्सामा नेपाली भू-भागलाई भारतको भनेर देखाएको भन्दै मेयर बालेनले गरे चीन भ्रमण स्थगित

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)ले चीन भ्रमण स्थगित गरेका छन् ।

चीनले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भू-भागलाई भारतको भनेर देखाएको भन्दै मेयर बालेनले चीन भ्रमण स्थगित गरेका हुन् । बालेनले चीनले नेपालको पहिलेकै बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेकोमा पनि आपत्ति जनाएका छन् ।

मेयर शाह चीनको निमन्त्रणामा बिहीबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम थियो । तर, नेपाली भू-भागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु नेपालको संवेदनशीलतामाथि चालेको गलत कदम भएकाले नैतिकताका आधारमा चीन भ्रमणमा नजाने निर्णय आफूले गरेको मेयर बालेनको भनाइ छ ।

हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौँ । केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ, सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै बालेनले भनेका छन्, नेपाली भू-भागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौँ । त्यसैले आज मेरो चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताका आधारमा नजाने निर्णय गरेको छु ।

 

 

window.fbAsyncInit = function() {
FB.init({
appId : ‘771486886283999’,
xfbml : true,
version : ‘v2.4’
});
};

(function(d, s, id){
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {return;}
js = d.createElement(s); js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments