Sunday, May 5, 2024
Homeआर्थिकफुटको संघारमा राप्रपा, लेङ्देनको कार्यशैलीप्रति चरम असन्तुष्टि

फुटको संघारमा राप्रपा, लेङ्देनको कार्यशैलीप्रति चरम असन्तुष्टि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा नेतृत्वको क्षमता र कार्यशैलीबारे प्रश्न उठ्न थालेको छ । निकै अगाडिदेखि असन्तुष्टहरुको चलखेल शुरु भएता पनि पछिल्लो समय बैठककै रुपमा असन्तुष्टि प्रकट भएको छ।

लेङ्देनको कार्यशैली प्रति पार्टीभित्रकै नेता कार्यकर्ताको चरम असन्तुष्टि  छदै छ याेसँगै उनीमाथि नयाँ–पुराना राष्ट्रवादीलाई समेट्न नसकेको आरोप छ । मुख्यतः लिङ्देनको कार्यशैलीप्रति डा.प्रकाशचन्द्र लोहनी, दीपक बोहरा, धु्रवबहादुर प्रधान, ज्ञानेन्द्र शाही र धवलसमशेर राणा असन्तुष्ट छन् । केही नेता लोकन्तलीस्थित पूर्व प्रधानमन्त्री एवं संस्थापक अध्यक्ष लोकेन्द्रबहादुर चन्दको निवासमा छलफल गर्न पुगे । उक्त कुरा थाहा पाएपछि लिङ्देनले “तपाईहरु यसरी नेता नेताको घरमा जाने ?” भन्दै हप्काएका थिए । राप्रपाका संस्थापक नेता  चन्दले भेटघाटको रुपमा बोलाएको बैककमा नेतृत्वको आलोचना भएको हो । निर्देशन समितिमा रहेकाहरुलाई बोलाइएको बैठकमा महामन्त्री धवलशमशेर राणाले यथास्थितिबाट पार्टी अघि बढ्न नसक्ने दाबी गरेका छन् ।

लिङ्देनसँग असन्तुष्टि नेताहरुले अहिले गणतन्त्र बदनाम भएर समाप्तीतिर लागेका बेला राजस्था पुनः स्थापित गर्नु पर्ने उनीहरुको भनाई छ । यस्तै विषयमा पार्टीभित्र चरम असन्तुष्टि हुँदा विभाजनको रुप लिने सम्भावना छ । असन्तुष्टि नेताहरु भन्छन्, “गणतन्त्र बदनाम भएर समाप्तितिर जाँदा राप्रपाले सडक तताएर राजसंस्था पुनः स्थापित गर्नुपर्ने बेला हो ।”

राजेन्द्र लिङ्देन अध्यक्ष भएपछि पार्टी संचालनको क्रममा धेरै असन्तुलन देखिएको, विधि मिचिएको, स्वेच्छाचारी र सर्वसत्तावादी मानसिकताले काम गर्ने गरिएको, पुराना योगदान दिएकाहरुको अवमुल्यन गरिएको, महाधिवेशनबाट पारित सत्ता केन्द्रित नहुने नीतिलाई लत्याएर सत्तालिप्सा देखाएको, एजेन्डा स्थापित गर्न आन्दोलन गर्न रुची नदेखाएको, सबैलाई समेट्न भन्दा एकाङ्की रुपमा अघि बढेको जस्ता विषयले असन्तुष्टि चुलिएको बताइएको छ ।

यता राप्रपाको अध्यक्ष हार्न पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा आफ्नै अभिव्यक्तिका कारण अहिले पश्चातवमा छन् । ‘राजाका सचिव लागेर मलाई अध्यक्षमा हराए । त्यो रिसले राजालाई केही भनेँ, मैले गल्ती गरेँ’, हालै सम्पन्न राप्रपा नेपालको बैठकमा थापाले भने, ‘मानव जीवनमा यस्तो सानोतिनो मतभेद हुँदो रहेछ !’ महाधिवेशनबाट अध्यक्षमा हारेपछि उनले आफ्नै नेतृत्वमा राप्रपा ब्युताएका हुन् । महाधिवेशमा दरबारका सचिवहरुले आफूलाई हराएको र राजासँग रिस उठ्दा भूलबस भन्न नहुने कुरा भन्न पुगेको थापाको भनाई छ । लिङ्देन नेतृत्वको राप्रपाले सत्ताकेन्द्रित र फोहोरी राजनीतिक खेल नखेल्ने भए आफू लिङ्देनको नेतृत्व नै स्विकार्न पनि तयार रहेको थापाको दाबी थियो । साथै राजसंस्था र हिन्दु राष्ट्र पुनस्थापना गर्ने कुरालाई मुख्य लक्ष्य बनाउनुपर्छ भन्नेमा थापाको जोड छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments