Sunday, May 5, 2024
Homeआर्थिकश्रीलंकामा आफ्नो देशका खेलाडीलाई हौसला दिंदै नेपाली दर्शक (तस्बिरहरू)

श्रीलंकामा आफ्नो देशका खेलाडीलाई हौसला दिंदै नेपाली दर्शक (तस्बिरहरू)

काठमाडौं-श्रीलंकामा जारी एसिया कप क्रिकेटमा नेपाल र भारतविरुद्धको खेल जारी छ। वर्षाका कारण प्रभावित भइरहेको खेल चल्ने र रोकिने भइरहेको छ। 

श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले मैदानमा आफ्नो देशका खेलाडीलाई हौसला दिन नेपाली दर्शकहरु पनि ठूलो संख्यामा उपस्थिति छन् ।

संघीय सांसद तथा रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह लगायतका समर्थकहरू खेल हेर्न श्रृलंकानै पुगेका हुन्। 

एसियन क्रिकेट काउन्सिलले नेपाली दर्शकका केही तस्वीरहरू सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ। खेलमा नेपालले छैटौँ विकेट गुमाएको छ। गुलसन झाका रुपमा छैटौँ विकेट गुमाएको हो। उनले ३५ बलमा २३ रन बनाए। उनी मोहम्मद सिराजको बलमा विकेटपिकर इसान किसानबाट सामातिएका हुन् ।

यसअघि भारतविरुद्ध आसिफ शेखले अर्धशतक बनाएका छन्। उनले ८८ बलमा अर्धशतक बनाएका हुन्। पाँचौँ विकेटका रुपमा उनी ५८ रन बनाएर आउट भए । उनको विकेट मोहम्मद सिराजले लिए । नेपालले राम्रो सुरुवात गरेको नेपालको मध्यक्रम लड्खडाएको छ। ६५ को स्कोरमा पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको नेपालले त्यसपछि निरन्तर विकेट गुमाइरहेको छ।

कप्तान रोहित पौडेल ५, भीम सार्की र कुशल मल्ल २ रनमा आउट भए । भारतका रविन्द्र जडेजाले तीन विकेट लिइसकेका छन्। सार्दुल ठाकुरले एक विकेट लिएका छन्। खेलमा नेपालका दुवै ओपनरले तीनपटक जीवनदान पाएका थिए । अहिले क्रिजमा दिपेन्द्रसिंह ऐरी र सोमपाल कामी छन्। यो लेख्दासम्म ३६ ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाइसकेको छ ।

तस्बिरहरू : क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)

(function (d, s, id) {
var js,
fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id))
return;
js = d.createElement(s);
js.id = id;
js.src = “//connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.10&appId=40151482661930” +
“1”;
fjs
.parentNode
.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments