Saturday, May 11, 2024
Homeआर्थिकगोकुल र रविको गाला मिलेपछि …..

गोकुल र रविको गाला मिलेपछि …..

काठमाडौं । एमाले अध्यक्ष केपी ओली पछिल्लो सचिवालय बैठकमा गोकुल बाँस्कोटाप्रति लक्ष्य गर्दैै भन्नुभयो– ‘पार्टी निर्णय मान्दिँन भन्दै हिडँनेहरु पनि छन् !’ एउटा जिल्लाको केन्द्रीय सदस्यलाई अर्को जिल्लाको इन्चार्ज बनाउने निर्र्णयलाई ‘सिडियो सरुवा’ को सज्ञा दिएका गोकुलको त्यसमा चर्को असन्तुष्टि थियो । पदाधिकारी तहका नेताले समेत आँखा जुधाएर कुरा गर्न नसकिरहेको बेला आफैंले हुर्काएको केटो’ त्यसरी प्रस्तुत भएपछि ओलीको रिस सचिवालयको बैंठकमा प्रकट भएको हो ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सक्रिय गराउन लागिपरेका थुप्रै नेताहरुमध्येका एक भनिने गोकुलको पछिल्लो समय अध्यक्ष ओलीसँग दुरी बढेको चर्चा छ । कतिसम्म भने बालकोटको ढोका पहिले जस्तो जतिखेर पनि खुला छैन आजकाल उनका लागि । पार्टी कार्यालयमा उभिउभि अध्यक्षसँग कुरा गरिरहेका गोकुलको दुई महिनासम्म भेट्न नपाएको गुनासो पोख्दा ओलीले ‘आए भैगो नि !’ भनेर टर्रो जवाफ दिएको नजिकबाट सुन्ने एक माननीयले पनि दूरी बढेकै अनुमान लगाए । तर, गोकुलले भने सिन्धुपाल्चोकका नेताहरुसँगको कुराकानीमा प्रसंग आउँदा आफैँ भेट्न नगएको बताउने गरेका छन् । पुुस १० अघि सरकार बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई मिलाउने भुमिका पाए पनि त्यसपछि बेवास्ता गरिएको उनको गुनासो छ । रविसँग गोकुलको पुरानै दोस्ती रहेका कारण ओलीले त्यतिबेला सो जिम्मेवारी दिएको बताइन्छ ।

पुराना पार्टी र नेतालाई गाली गरेरै राजनितीमा उदाएका रवि र रुखो बोलीका गोकुल दुवै काभ्रेली हुन् । जिल्लावासी मात्रै नभई एकै निर्वाचन क्षेत्रका मतदातासमेत हुन् । त्यसकारण पुरानो दोस्ती मंसिरको चुनावदेखि थप झांगिएको बताइन्छ । काभ्रेको राजनीतिक बुझेका एमालेकै नेताहरु रविले सहयोग नगरेको भए गोकुललाई चुनाव जित्न सहज नहुने विश्लेषण गर्छन् । बताइअनुसार चुनावअघि रविले एउटा टिम सहित दुई दिन बनेपा बसेर मत सर्वेक्षणसमेत गरेका थिए । सर्वे गराएर गोकुलकै सल्लाहमा उनी त्यहाँबाट ब्याक भएको बताइन्छ । खरो स्वभावका गोकुलले काभ्रेमा शहरको हावा नलाग्ने र नगरकोट मुनि नयाँ गाँउका सात सय लामिछानेको भोटले चुनाव नजितिने खुलस्त कुरा गरेका थिए । भनिन्छ, त्यसपछि उनीबीच एक–अर्कोलाई समर्थन गरेर जाने भित्रि सहमतिसमेत भयो ।कांग्रेसले शिव हुमागाईलाई उठाइदिए आफुलाई सहज हुने भन्दै गोकुलले त्यसकालागि भुमिका खेलिदिन रविलाई आग्रहसमेत गरे । संयोग नै मान्नुपर्छ पछि कांग्रेसले उनैलाई उम्मेदवार बनायो । गोकुलले झण्डै साढे ६ हजार मतान्तरले जिते । त्यस क्षेत्रमा घण्टीले साढे १० हजार भोट पाएको थियो ।

आजको जन आस्था साप्ताहिक पत्रिकामा खबर छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments