काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि व्यक्त गरेका छन्। विधेयकको ७० ठाउँमा संशोधन हाल्नुपर्ने आवश्यकता आफूले देखेको थापाको भनाइ छ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विधेयकमा संशोधन हाल्न शुरु भएपछि आफूले पनि ७० भन्दा बढी ठाउँमा संशोधन हाल्नुपर्ने अवस्था देखेको बताएका हुन्। उनले विद्यालय शिक्षा विधेयकमा धेरै त्रुटि रहेको भन्दै संसद्बाट सच्याएर मात्रै पारित हुने बताए।
उनले अहिले बनाउने कानुनले आजको समस्या मात्र नभइ कम्तीमा २० वर्षसम्म हेर्नसक्ने गरेर कानुन बन्नुपर्ने बताए। उनले नेपालको शिक्षा क्षेत्र सुधार गर्न नेपालमा सबैभन्दा धेरै पारिश्रमीक शिक्षण पेशामा हुनेहरुले पाउनुपर्ने बताए। शिक्षकले प्राप्त गर्नुपर्ने न्यूनतम कुरा अहिले कानुन बन्दै गर्दा पनि दिन नसके विद्यालय शिक्षालाई उकास्न नसकिने बताए। सरकारले चाँडोभन्दा चाँडो शिक्षकका माग पूरा गरेर विद्यार्थीले पढ्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने थापाको भनाइ छ।
window.fbAsyncInit = function() {
FB.init({
appId : ‘771486886283999’,
xfbml : true,
version : ‘v2.4’
});
};
(function(d, s, id){
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {return;}
js = d.createElement(s); js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));