Saturday, December 2, 2023
Homeआर्थिकरिगललाई आममाफी दिने सरकारको निर्णयमा गगन थापा असन्तुष्ट

रिगललाई आममाफी दिने सरकारको निर्णयमा गगन थापा असन्तुष्ट

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा संलग्न कुनै व्यक्ति अपराधमा जोडिए त्यसको भारी सिंगो पार्टीले नबोक्ने प्रष्टाएका छन् ।

सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोलेका महामन्त्री थापाले आममाफीको निर्णय अहिले चर्चामा रहेको बताए ।

‘राष्ट्रपतिजीले माफी दिएको विषय अहिले चर्चामा छ । सरकारले निर्णय गर्छ, राष्ट्रपतिजीको त औपचारिकता मात्र हो,’ उनले भने, ‘कुनै बेला पार्टीमा रहेको व्यक्ति अपराधमा जोडिएको छ तर सरकारले आममाफी निर्णय गर्दा त्यसको भारी कांग्रेसमाथि आइपरेको छ । तर हामीलाई त केही पनि थाहा छैन। किन आममाफी दिइयो पनि थाहा छैन ।’

पार्टीमा संलग्न जो(कोही अपराधमा जोडिए त्यसको भारी पार्टीले नबोक्ने थापाले प्रष्टाएका छन् । ‘अपराध गर्नेले नै भारी बोक्नुपर्छ,’ उनले भने ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments