Saturday, December 2, 2023
Homeआर्थिकराज्य व्यवस्था समितिमा गगनले भने: अख्तियारदेखि अदालतसम्म दलगत भागबन्डाले गिजोलियो

राज्य व्यवस्था समितिमा गगनले भने: अख्तियारदेखि अदालतसम्म दलगत भागबन्डाले गिजोलियो

काठमाडौं,२४ असोज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सर्तकता केन्द्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग मातहत राख्न प्रस्ताव गरेका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयकमाथिको छलफलमा बोल्दै महामन्त्री तथा प्रतिनिधि सभा सदस्य थानपाले यस्तो बताएका हुन् ।

उनले विभिन्न संवैधानिक निकायमा गरिने नियुक्तिबारे कानूनमै मापदण्ड बनाउनसमेत माग गरेका छन् । थापाले ती विभिन्न् आयोगदेखि अदालतसम्मका नियुक्ति प्रक्रियाहरु दलगत रुपमा हुनेगरेको कारण दलको छायाँ पर्ने गरेको बताए ।

‘नियुक्तिमा दलगत भागबन्डा छ। पछिल्लो समय अदालतले समेत भाग खोजेको छ,’ उनले भने,‘अर्कोतर्फ अख्तियारकै सदस्यलाई अख्तियारले मुद्दा लगाउनुपर्ने अवस्था छ, त्यसैले नियुक्तिको मापदण्ड बनाउनुपर्छ।’

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = “//connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.10&appId=401514826619301”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments