काठमाडौं, २५ असोज। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको नेपाली भूमी गुन्जीको भ्रमणबारे सरकारको जवाफ माग गरेका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा उनले भने,‘छिमेकी राष्ट्रको प्रधानमन्त्री हाम्रो भू–भागमा आउँदा सरकारले न कुनै स्वागत गरेको छ, न देशलाई कुनै जानकारी गराएको छ।आफ्नो भूमिमा छिमेकी राष्ट्रको सरकार प्रमुख आउँदा सरकारले स्वागत गर्नु पर्दैन?’